२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ दमकमा लकडाउनको अवज्ञा गर्ने तथा कालोबजारी गर्नेलाई ठाँउको ठाँउ कार्वाही गर्न माग गरिएको छ । नगरपालिकामा भएको छलफलमा राजनीतिक दलका स्थानीय नेता तथा सरोकारवालाहरुले यस्तो बताएकाहुन् । कालोबजारी भएको र बढि मूल्य लिएको भन्ने बिषयमा लकडाउनको अवस्थामा कसरी विक्री भयो ? र कालो बजारी भयो भन्दै प्रश्न पनि उठेको थियो ।

दमक उद्योग बाणिज्य संघ, राजनीतिक दलका नेता तथा प्रतिनिधि, तरकारी तथा फलफुल ब्यवसायी संघका प्रतिनिधिहरुले लकडाउन अवज्ञा गर्नेलाई कार्वाही गर्नका लागि भनेकाछन् । लकडाउनलाई कडा बनाएर कोरोना संक्रमणलाई थप फैलन नदिन आवश्यक रणनीति बनाएर लकडाउन खोल्न उनिहरुको सुझाव रहेको थियो ।

गत एकसातामा लकडाउन अवज्ञा गर्ने ४० भन्दा बढि पसलहरुमा बजार अनुगमन समितिले ताला लगाई दिएको थियो । २ लाख भन्दा बढि जरिवाना समेत गराएको बजार अनुगमन समितिका संयोजक भीम पौड्यालले बताएकाछन् । हामी त्यसै सुतेर बसेका छैनौ र राजनीतिक दल तथा नगरपालिकाले दिएको म्यान्डेड अनुसार काम पनि गरेका छौ, उनले भने ।

नेपाली काँग्रेसका क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीले नगरपालिका अलमलमा परेको र लकडाउन प्रभावकारीतामाथि क्ुरा उठाएपछि पौड्यालले यस्तो जवाफ दिएका थिए । सबैको सरसल्लाह र सुझावको आधारमा लकडाउन भएको र त्यसलाई पालना गराउन पनि त्यसरी नै लाग्ने उनको भनाई थियो ।

लाका प्रहरी कार्यालय दमकका प्रमुख विजयराज पंण्डितले स्थानीय सरकार तथा प्रशासनले दिएको निर्देशन अनुसार आफुहरुले काम गर्ने बताउदै लकडाउनलाई कडा पार्न आग्रह गरेको अवस्थामा पार्ने बताए । हामी लकडाउनको कार्यन्वयन गराउन सधै तत्पर रहेका छौ र गराउछौ, उनले भने । दमकमा एकसातासम्म लकडाउन थपिएको छ ।