कमल गाँउपालिकामा जिल्ला प्रशासन कार्यालय झापाले जारी गर्यो निषेधाज्ञा
दमक/ झापाको कमल गाँउपालिकामा कोरोना संक्रमण समुदायमा देखिएपछि लकडाउन गरिएको छ । गाँउपालिकाले लकडउन गरेको भएता पनि लकडाउनको अवज्ञा बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ ।
सबै वडाहरुमा निषेधाज्ञा लागु हुने उल्लेख छ । अत्यआपश्यक बाहेकका कुनै पनि सेवा सञ्चालन गर्न पाईने छैन । यसभन्दा अघि आंशिक रुपमा निषेधाज्ञा जारी भएको थियो ।

