दमकमा ६३ सहित झापामा कोरोना संक्रमितको संख्या ५०९ पुग्यो
झापा । जिल्लामा आज कतार, भारत (आसाम र विहार)बाट आएका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका तीनै जान पुरुष रहेका छन् र उनीहरु बाह्रदशी गाउँपालिकाका हुन् ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार बाह्रदशीमा कोरोना संक्रमितको कुल संख्या २१ पुगेको छ भने १३ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ५०९ पुगेको छ । जसमा भद्रपुरमा २८, मेचीनगर १०४, बिर्तामोड १८, कनकाई १३, अर्जुनधारा २२, दमक ६३, गौरादह १९, शिवसताक्षी ११, बुद्धशान्ति १७, हल्दिवारी १२, कचनकवल १३९, कमल ७, गौरीगञ्ज २६ र झापाका ९ जना रहेको चौलागाईले बताए । झापामा हालसम्म ३९७ जना उपचारपछि घर फर्किएका छन् भने १०९ जना उपचाररत रहेका छन् ।
