दमकका २०९ जनाको स्वाब परीक्षण गरिएकोमा १८१ को रिपोर्ट नेगेटिभ, २८ को होल्ड
दमक / झापाको दमकमा कन्ट्याक्ट ट्रेसिङको आधारमा २०९ जनाको पिसिआर परिक्षण गरिएकोमा १८१ को रिपोर्ट नेगेटिभ आएको छ । २८ जनाको रिपोर्ट होल्डिङमा रहेको दमक नगरपालिका स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईले बताए ।
बिधुत कार्यलय, टेलिकम, मालपोत लगायतको कार्यलयको कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि उनिहरुको सम्पर्कमा आएकाहरु पिसीआर परिक्षण भएको थियो ।
शंकाश्पद देखिएको रिपोर्ट होल्डिङमा रहने गरेको बताइन्छ । केहि समयपछि उक्त रिपोर्ट आउने पनि बताइएको छ । दमकमा समुदायमा कोरोना संक्रमण फैलन सुरु गरेको छ ।
