२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमक १० स्थायी ठेगना भएका एक ब्याक्तिको बिराटनगरमा पीसीआर जाँच गर्दा पोजेटिभ रिर्पोट आएको छ । उनको पोजेटिभ रिर्पोट आएपछि कन्ट्याक्ट ट्रेसिङ गर्न निर्देशन भए अनुसार बुझ्दा उनि दूइ महिना अघि देखि नै बिराटनगर बस्दै आएको पत्ता लागेको दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताए ।

यहाँ कन्ट्याक्ट ट्रेसिङ गर्नु पर्ने अवस्था रहेको पाईएन, उनले भने । दमकमा केहि समययता कोरोना संक्रमण समुदायमा देखिएसगै स्वास्थ्य सजगता अपनाउन शुरु गरिएको छ । दमकमा कडा लकडाउन रहेको छ ।