२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ मालपोत कार्यालय दमकका प्रमुख तारानाथ दंगाल कोरोना संक्रमणमुक्त भएकाछन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यो जानकारी दिएकाहुन् । उनिसंग सम्पर्कमा आएकाहरुको पनि रिर्पोट नेगेटिभ आएको बताईएको छ ।

विरगन्जबाट झापा आउनु अघि उनको कोरोना संक्रमण पत्ता लगाउन गरिएको पीसीआर जाँचमा पोजेटिभ नतिजा आएको थियो । उनि दमकमा होम आइसुलेसनमा रहेका थिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-बिरगंजबाट झापा आउनु अगाडि कोरोना परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ आएकोमा मिति 2077-5-6 गते दमक मा पुन swab संकलन गरि गरिएको परिक्षण मा रिपोर्ट नेगेटिभ आएको सुचना प्राप्त ।