२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा कोरोना संक्रमण समुदायमा देखिदै आएको छ । यसै क्रममा आज १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । जो समुदायमा सक्रियहरु रहेकाछन् । ३ जना तरकारी ब्यवसायी, ४ जना लघुबित्तका कर्मचारीहरु, २ जना औषधि ब्यवसायी रहेकाछन् । उनिहरुको हिमचिम तथा प्रत्यक्ष सम्पर्क धेरैसंग रहेको छ ।

स्वाब परिक्षणका लागि दिएर पनि नियमित काम गर्ने तथा आफु सचेत भएर क्वारेन्टाइनमा नबस्ने गर्दा दमकमा कोरोना संक्रमण समुदायमा थप फैलदो अवस्थामा रहेको छ । एकातिर रिर्पोट ढिला आउने अर्का तिर स्वाब दिएकाहरुको लापरवाहीका कारण जोखिम बढ्दो रहेको छ ।

दमक नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईका अनुसार दमकमा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । यसमा ४० जना कोरोनामुक्त भएकाछन् । बाँकी ४१ जना उपचार होम आईसुलेसन, कोभिड अस्पताल र नगरपालिकाले तोकेको आईसुलेसनमा रहेकाछन् ।

दमकमा समुदायमा आधारित रहेर कोरोना संक्रमण भएनभएको भन्ने जाँचलाई तिब्रता दिने काम भएको छ । अहिलेसम्म २ हजारभन्दा बढिको पीसीआर जाँच भएको भट्टराईले जानकारी दिएकाछन् । कन्ट्याक्ट ट्रेसिङ लाई पनि महत्वका साथ अघि बढाएर जाँच हुँदै आएको छ ।