२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापा गाउँपालिकामा गोरु काटेको बिषयमा विवाद सिर्जना हुँदा गोली चलेको बताईएको छ । झापा गाँउपालिका–३ कामाटोलीमा गोरु काटेको अभियोगमा २ जना पक्राउ परेपछि विवाद सिर्जना भएको जनाईएको छ ।

स्थानीयले त्यहाँ पुगेको शसस्त्र प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले फायर खोलेको सुरक्षा श्रोतको भनाई रहेको छ । घरेलु हतियार सहित स्थानीयले प्रहरीमाथि आक्रमणको प्रयास गरेको र प्रहरीले प्रतिकारमा गोली चलाउदा एक स्थानीय घाइते भएपछि त्यहाँ तनाव रहेको बताईन्छ ।

घाइतेलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका लागि ल्याईएको स्थानीयले बताएकाछन् ।