२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

पुनः कुलमान नै किन ?
—————————

भरतबाबु कार्की

३ बर्ष अघिको कुरो। बर्षायाममा १० घन्टा सम्म लोडसेडिङ अनि हिउँदमा १६ देखि १८ घन्टा सम्म अन्धकार । जताततै हाहाकार ।बिध्यार्थीहरुको पढाई डावाडाेल , किसान उध्योगी व्यापारी सबैको स्थित नाजुक ।इन्भटर सोलारको ब्यापार बढ्दो। जताततै निरासा। लोडसेडिङ अन्त्य गर्न नसकेकोमा सरकारको चर्को बिरोध।विद्युत नहुदा अपराधमा वृद्धि ।

यस्तै अबस्थामा सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको महानिर्देसक बनायो । उनले जनता सामु प्रतिबद्धता गरे, क्रमश लोडसेडिङ हटाउछु भनेर। धेरैले पत्याएनन्। तर कुलमानले विद्युत चुहावट घटाए। सरकार संग समन्वय गरि भारतबाट विद्युत आपूर्ति गरे। निर्माणाधिन जलविद्युतको कामलाई तिब्रता दिए। आखिर उनले प्रतिबद्धता अनुरुप लोडसेडिङ को अन्त्य गरि छाडे। अहिले त देशमा चाहिदो भन्दा विद्युतआपूर्ति बढी छ। लोडसेडिङ त एकादेसको कथा भै सकेको छ।

कुलमान एकाएक जनताका नायक भए। सायद इतिहास मै कुनै सरकारी कर्मचारी यति लोकपृय भएको थिएन होला।अब जनतालाई भय हुन थाल्यो कि कुलमान को कार्यकाल सकिदै छ । सरकारले नदोहोर्याउने हो कि? पुनः कहाली लाग्दो अन्धकारमय युग भोग्नु पर्ने हो कि? केही समय देखि सर्बसाधारण देखि प्रबुद्ध सम्मले पत्रपत्रिका ,सामाजिक सन्जाल टेलिभिजन ,एफ एम बाट घिसिङको म्याद थपको दबाब सरकारलाई दिन थाले।सरकारको मनसाय कुलमानलाइ दोहोर्याउने छैन भन्ने अपुस्ट कुराहरु आउन थाले। जनता अझ कुलमान को लागि अभियान कै रुपमा लाग्न थाले । बर्तमान अबस्था यथार्थ चित्रण यहि हो।

हो, कुनै ब्यक्तिलाई देबत्वकरण गर्न हुदैन।देबत्वरण भएका बाबुराम भट्टराई अहिले कहाँ छन् ? नेपालमा सामाजिक सन्जाल सबल हुदै गए पछि धेरै मान्छेलाई गफ गरेकै भरमा उनिहरुका समर्थकहरुले देबत्वकरण गर्ने गरेका छन् ।तर कुलमानको बिषय अलिक फरक हो ।कुलमानलाई गफले हैन उनको कामले जनपृय बनाएको हो।उनले एउटा good managerable भुमिका निर्बाह गरेका छन् ।

कुलमानका अबगुणहरुमा सरकार तथा मन्त्री को पुर्ण चासोमा भएका उपलब्धीको जस एकलौटि आफुले मात्रै लिने गरेको,बढी आत्मकेन्दृत भएको , जनसहभगितामा बनेका र बन्दै गरेका साना तथा मझौला जलविद्युतलाई दुरुत्साहन गर्ने गरेको जस्ता आरोप लाग्ने गरेका छन् ।तर कसैले उनलाई कार्यकाल भरी भ्रष्टाचारको औंला ठड्याउन सकेका छैनन्। यो उनको सबैभन्दा अबल पक्ष हो। रह्यो जस लिने कुरा ,काम गर्ने मान्छेले जस लिन खोज्नुलाई सामान्य रुपमा लिनु पर्छ । यसमा कसैले जलन कुन्ठा लिनु
हुदैन।

मुख्य कुरा र जढ कुरा त साना तथा मझौला आयोजनाहरुमा नेताहरुको, नेताका आफन्तहरुको र नेताका भजन मन्डलीहरुको लगानी छ भन्ने सुनिन्छ । उनिहरु आफू अनुकुल प्राधिकरणले काम गरोस् भन्ने चाहन्छन। जुन कुलमान चाहदैनन् ।

अन्तमा सरकारलाई मन परे पनि नपरे पनि जनआकाङ्क्षालाई सिरोपर गरोस् । लोकतन्त्र भनेकै जन अभिमत अनुसार गरिने शासन पद्धति हो । पृथ्वीनारायण शाहले बिराज बखेतीलाइ मन पराउथे । तर जनभावना कालू पान्डेलाइ काजी भएको देख्न मन पराउने थियो। पृथ्वीनारायणले जनइच्छा अनुरुप कालुपान्डेलाइ नै बडाकाजी बनाए।  ईतिहास बाट पाठ लिनु जरुरी हुन्छ। नत्र अन्यथा हुन गएमा यहि बिषयलेअर्को रुप लिन सक्छ । बिस्वमा ठुला ठुला घटनाहरु स- साना इस्युमा भएका छन् ।हेक्का रहोस् ।