कमल गाउपालिकामा समुदायमा कोरोना देखिएको देख्यै, आजै थपिए ९ जना
बिष्णुप्रसाद पोखरेल
दमक/झापाको कमल गाउपालिकामा समुदायमा कोराना फैलिएको छ । आज आएको रिपोर्ट अनुसार थप ९ जनामा कोरोना पोजेटिभ पुस्टि भएको हो ।
कमल गाउपालिकाका स्वास्थ्य शाखाका अधिकृत इन्द्र अर्यालका अनुसार एक स्वास्थ्यकर्मीमा देखिएको कोरोना पोजेटिभको आधारमा कन्ट्याक्ट् ट्रेसिङ गर्दा थप ९ जनामा पोजेटिभ आएको हो ।
सबै समुदायको रहेको पनि अर्यालले जनाउनु भयो । केर्खा बजार क्षेत्र भएकाले बडि जोखिम भएको पनि जनाइएको छ । शुक्रबार बिहान यहिका एक वृद्धको पनि कोरोनाले ज्यान गएको थियो ।
उक्त क्षेत्रमा निषेधा जारी राख्ने तयारी सुरु भएको गाउपालिका स्रोतले जनाएको छ । समुदाय सचेत हुने अवस्था आएको छ ।
