२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

प्रकाश प्रशाईको नेतृत्वमा समिति निर्माण

विष्णुप्रसाद पोखरेल

दमक/ दमक उद्योग बाणिज्य संघले दमकमा नै कोरोना जाँचका लागि पीसीआर मेसिन ल्याउनका लागि पहल गर्ने भएको छ । यसका लागि अध्ययन तथा आवश्यक प्रक्रियाका लागि पुर्व अध्यक्ष प्रकाश प्रशाईको संयोजकत्वमा समित पनि बनाएको छ । यसको सञ्चालनको बिषयमा अध्ययन गरेर समितिले सुझाव दिने जनाईएको छ ।

संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार शनिवार बसेको बैठकले यस बिषयमा निर्णय गरेको हो । यस क्षेत्रमा समेत कोरोना भाइरस कोभिड १९ संक्रमित को संख्या दिनानुदिन बढी रहेको र समुदाय स्तरमा समेत संक्रमण फैलिन थाली सकेको हुदा यस दमक क्षेत्रमा कोभिड १९ कोरोना भाइरस संक्रमणको परिक्षण गर्ने पीिसीआर मेशिन नभएका कारण परिक्षणका लागि दमक बाहिर पठाउनु पर्ने भएको र समयमा रिपोर्ट आउन समेत ढिला सुस्ति हुँदै आएको छ ।

यसले समस्या उत्पन्न भईक कारण हालको समस्यालाई मध्यजनर गर्दै स्थानिय वासीहरुको सुविधा लाई ध्यानमा राखि यस संघको अगुवाईमा १ थान पीसीआर मेशिन गरिद गरि संचालनमा ल्याउनका लागि यस संघका पुर्व अध्यक्ष प्रकास प्रसाई ज्यूको संयोजकत्वमा ९ सदस्यीय पीसीआर मेसिन खरिद तथा संचालनका लागि अध्ययन समिति गठन गर्ने निर्णय भएको छ, श्रेष्ठले भने ।

दमकमा ब्यवसायीहरुलाई समेत कोरोना संक्रमण देखिदै आएको छ । स्थानीय सरकार तथा यहाँका संघसंस्थाहरुसंग समेत समन्वय गरेर अघि बढ्ने र दमकबासीको स्वास्थ्य सुरक्षाका लागि गम्भिर भएर चाँडोभन्दा चाँडो यस बिषयमा आफुहरुले काम शुरु गर्ने संयोजक प्रसाईले बताएकाछन् । प्रसाई दमकमा लोकप्रीय ब्यवसायीका नेता तथा सामाजिक अगुवा हुन् ।