दमकमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९७ पुग्यो
बिष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मी, सरकारी कर्मचारी तथा लघुबत्त कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको २ सय स्वाव परीक्षणको नमुनामा थप १६ जनामा कोरोना पोजेटिभ आएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराइले बताए ।
दमकमा समुदायमा कोरोना संक्रमण देखिदै आएको छ । नेगेटिभको नतिजा एकदिन अघि आएपनि पोजेटिभ देखिएका नतिजा भने ढिला आउने गरेको छ । शुक्रबार२४ वटा नतिजा होल्ड भएकामा विहान थप ८ वटा नेगेटिभ आएको थियो ।
दमकमा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । दमकमा सातामा दूई पटक स्वाब संकलन गरेर परीक्षणका लागि पठाईदै आएको नगरपालिकाले जनाएको छ । पिसिआर जाँचको दायरा बढाउनका लागि नगरपालिकालाई दबाब पनि पर्दै गएको छ ।
