दमक नगरपालिकाको निर्णय अनुसार विहान ७ बजेदेखि १२ बजेसम्म ब्यवसाय खुला रहन्छ र गर्छौ -गोकुल श्रेष्ठ
विष्णुप्रसाद पोखरेल
दमक /दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले सोमबार विहान ७ बजेदेखि १२ बजेसम्म पसल खुला हुने बताएकाछन् । उनले पुर्ण लकडाउन समस्याको सामधान नभएको भन्दै दमक नगरपालिकाको संयन्त्रले गरेको निर्णय अनुसार विहान ७ बजेदेखि १२ बजेसम्म पसल खोल्ने बताएकाहुन् ।
जिल्ला प्रशासन कार्यालय झापाले आइतवार अपरान्ह निषेधाज्ञा जारी गर्दै अत्यआवश्यक बाहेकका सबै सेवा बन्द गर्न आदेश जारी गरेको थियो । आदेशले दमकमा अन्योल सिर्जना भएको छ । नगरपालिकाको संयन्त्रले भने १२ बजेपछि मात्र निषेधाज्ञा कार्यन्वयन हुने बताएको थियो ।
जिल्ला प्रशासन कार्यालय झापाले दमक नगरपालिका र कमल गाँउपालिकामा निषेधाज्ञा जारी गरेको थियो । नगरपालिकाले विहान ७ देखि १२ बजे बाहेकको समयमा निषेधाज्ञाका लागि जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेको नगरपालिका श्रोतले बताएको छ ।
संघका अध्यक्ष गोकुल श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-
बन्दाबन्दी समस्याको समाधान होइन… पुर्ण लकडाउन भएका बेला पनि संक्रमण फैलिएको नै थियो… संक्रमण रहेको संबेदनसिल क्षेत्र वरिपरि मात्र बन्द राखी बाकी ठाउँ सावधानी अपनाइ सुरक्षित रहि व्यपार व्यवसाय सन्चालन गरिनु पर्दछ… स्थानीय सरकार दमक नगर पालिकाले अर्को सूचना जारी नगरे सम्म अहिलेलाई २०७७ भाद्र १२ गतेको दमक नगर सम्यन्त्रको निर्णय बमोजिम जारी गरिएको सूचना अनुसार भाद्र २० गते सम्म.. होटल, ब्युटी पार्लर, सैलुन, पार्टी प्यालेस बाहेक दैनिक उपभोग्य बस्तुका सबै व्यवसायहरु बिहान ७:०० बजे देखि दिउसो १२:०० बजे सम्म सतर्कता अपनाइ, स्वास्थ सुरक्षाको मापदण्ड पूरा गरि व्यवसाय सचालन गर्न गराउन हुन अनुरोध छ।
