२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकको पुरानो संस्था दमक जेसिजको नयाँ नेतृत्वको बहस शुरु भएको छ । सन् २०२१ का लागि अध्यक्षमा सुयोग खरेलको नाम चर्चामा रहेको छ । उनलाई सर्वसम्मत बनाउन जेसिज सदस्यहरुले आग्रह गर्न थालेकाछन् । खरेलले जेसिजका सबै पदाधिकारी लगायतका जिम्मेवारी वहन गरिसकेकाछन् ।

दमक जेसिजको चाम घटेको भन्दै आलोचना भइरहदा नयाँ नेतृत्वलाई महत्वका साथ हेरिने दमक जेसिजका एक पुर्व अध्यक्षले बताए । कार्यकारी उपाध्यक्ष तथा पदाधिकारी भइसकेका ब्याक्ति अध्यक्षका लागि दाबेदार बन्न सक्छन् । अहिले कमल कट्वाल अध्यक्ष रहेकाछन् ।

अघिल्लो पटक निर्वाचनमा हार बेहोरेका नीरज आचार्य, अहिले पदाधिकारी रहेका मुकेश अग्रवाल, संजिव बराल, विश्वासकुमार काश्यप लगायत पनि अध्यक्षका दाबेदार रहेको बताईन्छ । यद्यपी खरेलको नाममा सर्वसम्मत नेतृत्व चयन हुने बताईन्छ । खरेलले अघिल्लो बर्ष अन्तिम समयमा अध्यक्षको उम्मेद्वारी फिर्ता लिएका थिए ।