२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ जिल्ला प्रशासन कार्यालय झापाले सोमबार विहानदेखि दमक नगरपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा भनि आदेश जारी गरेको भएता पनि दमक नगरपालिकाको २ दिन अघिको निर्णय बमोजिम दमक नगरका ब्यापार ब्यवसायहरु विहानदेखि खुला भएकाछन् । नगरपालिकाले विहान ७ बजेदेखि १२ बजेसम्म खुला राख्ने निर्णय गरेको थियो ।

१२ बजेपछि भने निषेधाज्ञाको पालना गर्न म सबै ब्यवसायी तथा दमकबासीहरुलाई अनुरोध गर्छु, नगर प्रमुख रोमनाथ ओलीले भने । कोरोना संक्रमण कम वा जोखिम कम भएर बजार खुला भएको होइन यो त दैनिक उपभोग्य सामाग्रिको अभावले जनजिवन प्रभावित नहोस भनेर गरिएको निर्णय हो, ओलीको भनाई छ ।

पुर्ण रुपमा स्वास्थ्य सावधानी अपनाएर र भौतिक दुरी कायम राखेर आफ्ना दैनिक ब्यवहार गर्न पनि ओलीको आग्रह रहेको छ । आफुहरुले जिल्ला प्रशासन कार्यालयमा ७ देखि १२ बजे बाहेकको समयमा निषेधाज्ञा लगाउन अनुरोध गर्ने निर्णय गरेको र सोहि अनुसार हुने भनेपछि दमक खुला रहेको हो ।

दमक उद्योग बाणिज्य ंसघका अध्यक्ष गोकुल श्रेष्ठले भने नगरपािलकामा सबै बसेर गरेको निर्णय नै कार्यन्वयन हुने भन्दै ब्यवसायीहरुले तोकिएको समयमा ब्यापार ब्यवसाय गर्न पाउने र त्यस बाहेक बन्द गर्न आग्रह गरेकाछन् । उनले निर्णयको पालना गर्नका लागि अनुरोध पनि गरेकाछन् ।

यता कमल गाँउपालिकामा पनि जिल्ला प्रशासन कार्यालय झापाले पुर्ण रुपमा निषेधाज्ञा जारी गरेपछि अन्योल सिर्जना भएको छ । केर्खा बजार र आसपास पुर्ण रुपमा बन्द गर्ने निर्णय भएपनि गाँउपालिकाले बाकी रहेको क्षेत्रमा किनमेलका लागि निश्चित समय छुट्याएको थियो ।