दमकमा थपिए ८ कोरोना संक्रमित, संक्रमितको संख्या १ सय पुग्यो
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा समुदायमा कोरोना संक्रमण सामान्य रुपमा बढ्दै गएको छ । मंगलवार विहान आएको विवरण अनुसार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्टयाक्ट ट्रेसिङ का आधारमा १ सय १६ जनाको स्वाब परीक्षण गर्दा ८जनामा कोरोना पोजेटिभ देखिएको दमक नगरपालिका क्वारेन्टाइन ब्यवस्थापन समिति सचिव कुवेर भट्टराईले जानकारी दिएकाछन् ।
सोमबार १ सयजनाको रिर्पोट आएर १६ जनाको होल्ड भएको थियो । मंगलवार विहान फेरी थप ७ जनाको रिर्पोट नेगेटिभ आएको थियो । बाँकी ८ जनाको रिर्पोट भने पोजेटिभ रहेको जनाईएको छ । प्रत्येक पटक रिर्पोट आँउदा केहि होल्ड हुँदे आएकाछन् । होल्ड भएका रिर्पोटको पुन परीक्षण भएर रिर्पोट आउने गरेको बताईन्छ ।
भट्टराईका अनुसार दमकमा कोरोना संक्रमितको पछिल्लो तथ्यांक अनुसार दमकमा स्वाब परीक्षण गरिएकाहरुमा ८ देखि १० प्रतिशतमा कोरोना सक्रमण भएको पाईएको छ । समुदायमा कोरोना संक्रमण रोक्नका लागि नगरपालिकाले हरदम प्रयास गरिरहेको छ । संक्रमितहरुको संख्या बढेसंगै आईसुलेसन निर्माण र क्वारेन्टाइन ब्यवस्थापन पनि प्रभावकारी रुपमा भइरहेको भट्टराईले बताए ।
स्वाब परिक्षणका लागि दिने र लखरलखर बाहिर निस्कने गर्नाले दमकमा संक्रमण एकबाट अर्कोमा सरेको पनि बताईन्छ । दमक नगरपालिकाले बारम्बार रुपमा भौतिक दुरी कायम गरेर ब्यवहार गर्न र स्वास्थ्य सावधानी अपनाउनका लागि आग्रह गर्दै आएको छ । दमक यस्तो नगरेर लापरवाही गर्दै आएको भेटिन्छ ।
