कमल गाँउपालिकाको केर्खामा कोरोना संक्रमणदर बढेको बढ्यै
दमक/ झापाको कमल गाउँपालिकामा एकपछि अर्को गर्दै कोरोना पोजेटिभका विरामीहरु थपिने क्रम बढेको छ । विहिबार आएको रिर्पोट अनुासर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ जना पुरुष र ६ जना महिला गरी जम्मा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको कमल गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत ईन्द्र प्रसाद अर्यालले जानकारी दिएकाछन् ।
गत भाद्र १५ गते ६६ जनाको स्वाब संकलन गरी पठाइएको थियो । कमलमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । आज संक्रमण देखिएका सबै कमल ३ केर्खाको रहेको पनि जनाईएको छ ।
