दमकमा १४८ जनाको स्वाब नमुना परिक्षण मध्ये १०० जनाको रिर्पोट आयो, ९३ जनाको नेगेटिभ
दमक/ झापाको दमकमा पछिल्लो स्वावको नमुना परिक्षण अनुसासर ९३ जनाको नेगेटिभ आएको छ । केहि दिन अघि लिईएको १४८ नमुना मध्ये १०० जनाको परिक्षणमा ९३ जना नेगेटिभ आएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक बद्रि बरालले बताएकाछन् ।
यसमा ७जना रिपोर्ट होल्ड भएको छ भने ४८ जनाको रिर्पोट आँउन बाँकी रहेको छ । शुक्रबार सम्ममा बाँकी ४८ जनाको पनि रिर्पोट आउनेछ, बरालले भने ।
बरालका अनुसार दमक आईसुलेसन र होम आईसुलेसनका ८ जना पोजेटिभको फलोअप परिक्षणमा ५ जना नेगेटिभ आएको छ ।
