दमकमा थपिए ३ जना कोरोना सङ्क्रमित
दमक । शनिबार झापाको दमकमा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार ४ जनाको रिपोर्ट होल्ड भएको थियो । यसमा एक्जनाको रिपोर्ट नेगेटिभ आएको दमक नगर स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक बद्री बरालले बताए ।
दमकमा सातामा दुइ पटक कोरोना टेस्टको लागि स्वाब लिएर परिक्षण हुदै आएको नगर स्वास्थ्य साखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिएका छ्न ।
