अभियुक्त पक्राउ गर्न झापा प्रहरी सफल ! शिवसताक्षीमा आफ्नै साथीले कर्दले घाँटी रेटर गोमन सिंहको हत्या
दमक/ झापाको शिवसताक्षीमा चारदिन अघि भएको हत्या घटनाका अभियुक्त पक्राउ परेकाछन् । शिवसताक्षी ११ मा गत भदौ १६ गते साथीको हत्या गर्ने अभियुक्त मनकुमार लिम्बु भएको खुलेको प्रहरीले जनाएको छ ।
शिवसताक्षी–११ का २९ वर्षीय गोमनसिंह मगरको भदौ १६ गते झिलझिले स्थित पूर्वपश्चिम राजमार्गबाट एक किलोमिटर उत्तर धाम जाने बाटोको छेउमा विभत्स शव भेटिएको थियो । साथीको आग्रहमा मनकुमारलाई आफ्नै मोटरसाइकलमा पछाडि चढाएर गोमनसिंह विश्वासका साथ जंगलमा गएका थिए । तर धोकेबाज मनकुमारले गुडिरहेको मोटरसाइकलमै पछाडि बसेर धारिलो छुरीले गोमनसिंहको गर्धन रेटेको प्रहरीले जनाएको छ ।
प्रहरीले अभियुक्तलाई जन्मकैदको सजाय माग गरी आइतवार झापा जिल्ला अदातलमा मुद्दा पेश गर्ने तयारी गरेको छ ।घटनास्थल छेउछाउ प्रहरीले मृतकले चलाएको प्रदेश ०१९०१०१२ प ५२२५ नं को मोटरसाइकल, आइफोन, धारिलो छुरी र अभियुक्तले प्रयोग गरेको मोवाइल बरामद गरेको जनाएको छ ।
अभियुक्तले हत्या पश्चात मोटरसाइकललाई केही पर झाडीमा घिस्याएर छाडिदिएको, शबलाई नालीमा फालेको र मोवाइल तथा छुरीलाई खोलामा मिल्काएको प्रहरीको भनाई छ । प्रहरीले खोलामा फालिएका दसी प्रमाणहरु स्काभेटरले खोला थुनेर स्थानीयवासीको सहयोगमा खोजतलास गरी फेला पारेको थियो ।
यस्तो छ प्रहरीले घटनाबारे सार्वजनिक गरेको विवरण
मुद्धा शीर्षक:-कर्तव्य ज्यान
वारदाय स्थान:- सताक्षीधाम जाने सडक किनार जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं. ११ स्थित एकान्त स्थानमा ।
मृतक:- जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं. ११ बस्ने वर्ष २९ को गोमन सिंह मगर ।
अभियुक्त:- जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं. ८ बस्ने वर्ष ३२ को मन कुमार लिम्बु ।
अभियुक्त पक्राउ मिति:-२०७७।०५।१९ गते ।
घटनाको छोटकरी टिपोट:-
-
मिति २०७७/०५/१७ गते बिहान . अं. १०:०० बजेको समयमा जिल्ल झापा शिवसताक्षी न.पा. वडा नं. ११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्डको किनारमा एकजना पुरुष मानिसको लास घाटी काटिएको अवस्थामा रहेको छ भन्ने खबर ईप्रका झिलझिले झापामा प्राप्त भए पश्चात प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी १ नं. प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समुह (RIT) को टोली, जिल्ला प्रहरी कार्यालय झापाको टोली समेत अनुसन्धानमा खटिएको, अभियुक्तको खोजीको लागी संघीय प्रहरी ईकाई कार्यालय धरानबाट डग शाखाको केनाईन टोली समेत घटनास्थलमा झिकाई अभियुक्तको खोजतलास गरिएको, अनुसन्धानको क्रममा अनुसनन्धान टिमले बिभिन्न ब्यक्तिसँग सोधपुछ गरेको, सुचना संकलन गरिएको, सुचना संकलनको क्रममा निज गोमन सिंह मगर मिति २०७७।०५।१६ गते साँझको अं. १८:३० बजेको समयमा घरबाट साथीलाई भेट्न जान्छु भनी निस्केको र सम्पर्क विहिन भएको, घटना सम्बन्धमा प्राविधिक रुपमा सुक्ष्म तरिकाले निरन्तर रुपमा अनुसन्धान पश्चात जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं. ८ बस्ने वर्ष ३२ को मन कुमार लिम्बु लाई मिति २०७७।०५।१९ गते पक्राउ गरी नियन्त्रणमा लिएर सोधपुछ गर्दा निजले मृतकलाई मिति २०७७।०५।१६ गते अं. १८:३० बजेको समयमा भेट्न बोलाई निजहरु भेट भए पश्चात गोमन सिंह मगरले चलाएको मोटरसाईल (प्रदेश ०१-०१०१२ प ५२२५ नं.) मा पछाडी बसी बेलुकाको हावा खाई फ्रेस हुन सताक्षी धाम मन्दिर तर्फ जाऔ भनी मोटरसाईकल बिस्तारै चलाउन लगाई लिएर गई हालको घटनास्थलमा पुग्ना साथ मोटरसाईकल चलाईरहेकै अवस्थामा पछाडीबाट निजले साथमा लुकाई बोकेको धारिलो हतियार कर्द प्रयोग गरी गोमन सिंह लिम्बुको घाटीमा रेटी काटेको, निज गोमन सिंह मगर मोटरसाईकल सहित सडकमा लड्न पुगेकोमा बाटो सडकमा लडेको मोटरसाईकललाई कोही कसैले नदेखोस भनी केही पर लगी बाटो सडक देखि पुर्वपट्टी जंगलमा लगेर लडाईदिएको, सडकमा लडेको गोमन सिंह मगरलाई पुन: घाटीमा पटक-पटक कर्दले प्रहार गरी मारेर सडकको नालीमा फालेको र घटनासँग सम्बन्धित सबुद प्रमाणहरु (मृतकले साथमा बोकेको आईफोन मोबाईल, धारिलो हतियार कर्द र आफ्नो मोबाईल) झिलझिलेको खोलामा फालेको भनी बताएको, उक्त सबुद प्रमाणहरु निजले बताए अनुसारको स्थानमा प्रहरी टोली, स्थानीय जन प्रतिनिधी र स्थानीय मानिसहरु समेतको सहयोग लिई खोलाको पानीलाई स्काभेटर प्रयोग गरी बाँध बनाई थुनी खोलामा जमेको पानी पम्प प्रयोग गरी फाली सुकाई खोजतलास गर्दा मृतकले चलाउने गरेको आईफोन मोबाईल, हत्या गर्न प्रयोग भएको धारिलो हतियार कर्द र अभियुक्त मन कुमार लिम्बुले चलाउने गरेको Ryte कम्पनीको B10 मोबाईल टुटे फुटेको अवस्थामा मिति २०७७।०५।१९ गते दिउसोको समयमा फेला परेको ।
-
प्रारम्भिक अनुसन्धानको क्रममा घटनाको कारण निजहरु विच भएको आर्थिक लेनदेन कारोबारमा असमझदारी भई बढेको मनमुटाब देखिएको, घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको ।थप अनुसन्धान गर्न पक्राउ परेका अभियुक्त मन कुमार लिम्बुलाई भोली आइतबार सम्मानित झापा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिने तयारी भईरहेको । निजले गरेको कसुर मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिमको कसुर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही दफा बमोजिम जन्म कैद सम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
मिति:- २०७७।०५।२० गते ।
