२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको कमल गाँउपालिकाको केर्खा कोरोनाको हटस्पट बन्दै गएको छ । कन्ट्याक्ट ट्रेसिङको क्रममा एकपछि अर्कोमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । कोरोना संक्रमणका कारण एक बृद्धको पनि मृत्यु भएको छ । यद्यपीमा उनमा अन्य धेरै रोगहरु समेत रहेका थिए ।

आइतवार झापामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित ३२ जना कोरोना संक्रमित थपिदा कमल गाँउपालिका वडा नं. ३ केर्खा आसपासका मात्र ११ जना रहेकाछन् । यस वार्डका तीन महिला सहित ११ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कमल गाँउपालिकाको केर्खामा दूइसाता यता लगातर लकडाउन तथा निषेधाज्ञा रहेको छ । तर पनि कोरोना संक्रमण देखिने क्रम रोकिएको छैन । कमल गाँउपालिकाका स्वास्थ्य शाखाका अधिकृत ईन्द्र अर्यालका अनुसार गाँउपालिकाले सबै शक्ति प्रयोग गरेर काम गरिरहेको छ ।

झापामा आइतवारमात्र कमल गाँउपालिकाका ११ सहित ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमा बिर्तामोड नगरपालिकामा रहेको बिएण्डसी अस्पतालका चिकित्सक सहितका स्वास्थ्यकर्मीहरु समेत रहेकाछन् । बिएण्ड अस्पताल आंशिक रुपमा सिल भएको छ ।