कमल गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ देशभरमै उत्कृष्ठ कर्मचारीमा छनौट
विष्णुप्रसाद पोखरेल
दमक/ झापा कमल गाँउपालिकका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ देशभरका उत्कृष्ठ १० कर्मचारीको रुपमा छनौट भएकाछन् । देशभर १० जनाले उत्कृष्ठ निजामती सेवा पुरुस्कार पाउनेमा उनि पनि छनौट भएकाहुन् । देशभर ८० हजार निजामती कर्मचारी रहेकाछन् ।
१ लाख राशि र सम्मान सहितको यो पुरुस्कार निजामती कर्मचारीले गरेको सेवा तथा उत्कृष्ठ कार्यसम्पादनको आधारमा छनौट हुने बताईन्छ । करिब एक बर्ष अघिदेखि श्रेष्ठ कमल गाँउपालिकामा कार्यरत रहेकाछन् । उनले झापाको भद्रपुर, मोरगको उर्लाबारी नगरपालिकामा रहेर पनि कार्यसम्पादन गरिसेकाछन् ।
निजामती दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा अनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको बताईन्छ । उत्कृष्ट कर्मचारीलाई जनही एक लाख रुपियाँ र सम्मान पत्र तथा निजामती पुरस्कार पाउनेले जनही ५० हजार नगद र सम्मान पत्र प्रदान गरिने गरेको छ ।
निजामती सेवा पुरस्कारका लागि नाम सिफारिस गर्न सबै मन्त्रालय, आयोग लगायत केन्द्रीय निकायलाई आह्वान गरिएको थियो । यस वर्षको निजामती सेवा दिवसको मूल नारा स्वच्छ र सक्षम निजामती प्रशासन स् समृद्धि र सुशासन रहेको छ । कोभिडले सार्वजनिक कार्यक्रमहरु भने भएका छैनन् ।
