दमक जेसिजको ४० औ बार्षिकोत्सव, जेसिस सप्ताहको उदघाटन
दमक/ दमकको पुरानो युवाहरुको संस्था दमक जेसिजको ४० औ स्थापना दिवस । दमक जेसिजको कार्यालयमा एक कार्यक्रमबीच केक काटेर मनाईएको छ । कोरोना संक्रमण समुदायमा फैलिएकाले तडकभडक नगरी सामान्य रुपमा स्थापना दिवस मनाईएको कार्यक्रम संयोजक राज अग्रवालले बताएकाछन् । जेसिज युवाहरुको नेतृत्व र ब्याक्तित्व विकासमा सहयोग गर्ने अन्तराष्ट्रिय सञ्जाल भएको संस्था हो । सोमबार देखि जेसिस सप्ताह पनि सुरु भएको छ । स्थापना दिवससगै सप्ताहको उदघाटन भएको हो।
