मिलेमतोमा भएको पूर्व–पश्चिम रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणको ठेक्का स्थगित
झापा । सरकारले पूर्व–पश्चिम रेलमार्गको काकडभिट्टा–इनरुवा खण्ड निर्माणको ठेक्का स्थगित गरेको छ। रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गर्दै हाललाई रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो।
जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो।
रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी ५४ वटा प्याकेजमध्ये कसलाई कुन ठेक्का कसलाई दिने भन्ने तय गरेरै १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का थियो। जग्गा अधिग्रहण नगरी हतार–हतार ठेक्का लगाउन लागेको भन्दै चौतर्फी विरोध भएको थियो।
