२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

बिष्णुप्रसाद पोखरेल
दमक / झापाको दमक ९ मा होम आइसुलेसनमा रहेका भनिएका एक कोरोना सङ्क्रमित बाहिर घुमफिर र किनमेल गर्न हिडडुल गर्ने गरेको पाइएपछि उनलाइ दमक नगरपालिकाले तोकेको आइसुलेसनमा राखिएको छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखामा सन्क्रमित ब्याक्ति हिडडुल गरेको र उक्त घरमा रहेको होटेल पनि खुला रहेको सुचना पाएपछि त्यहा अनुगमनमा टोली पुगेको थियो । सन्क्रमित ५० रुपिया लिएर बाहिर निस्केको खुलेको थियो ।

स्वास्थ्य शाखाका नगेन्द्र भट्टराई, बद्री बराल, कुवेर भट्टराई, वडा सदस्य समिन रिजाल र दमक प्रहरीको टोलि गएर उक्त घर सिल गर्दै सङ्क्रमितलाइ नगरले तोकेको आइसुलेसनमा लगिएको जनाइएको छ ।

दमक नगरपालिकाको एम्बुलेन्सले उनलाइ आइसुलेसनमा लगेको हो । उनका परिवारका सदस्यहरुलाइ होम क्वारेन्टाइनमा बस्न भनिएको पनि स्वास्थ्य शाखाले जनाएको छ ।