२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापामा एक शिक्षकको माछा मार्न लगाईएको करेन्ट लागेर ज्यान गएको छ । दमक २ स्थित हिमालय माध्यमिक बिद्यालयका शिक्षक झापाको शिबसताक्षी ८ निवासी ३५ बर्षिय शिक्षक महेन्द्र शेर्माको शुक्रबार साढे ३ बजे स्थानिय होलिमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाईते भएका शेर्माको उपचारको लागी दमक स्थित लाइफ लाइन अस्पताल ल्याउने क्रममा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यलय दमक प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पण्डीतले जनाएकाछन ।