दमकमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ, १ लाख ५७ हजार नगद पनि बरामद
दमक/ झापाको दमकमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेकाछन् । प्रहरीले छापा मारेर नगद सहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ बारे जिल्ला प्रहरी कार्यालय झापाले पठाएको विवरण यस्तो छ-
तास खेल्दै गर्दा रु.१,५७,०००।– सहित ५ जना मानिस नियन्त्रणमा:-
मिति २०७७।०५।२७ गते अ.१७;५० बजेको समयमा जि.झापा दमक न.पा.३ बेलडागी २ शिबिर स्थित हट न.२४५ सेक्टर न.A4 बस्ने मनु गुरुङको घरमा (घर धनी काठमाण्डौ मा बसी रहेको खाली घर) निम्न स्थान बस्ने निम्न मानिसहरु तास खेली रहेको छ भन्ने बिशेष सूचनाको आधारमा ई.प्र.का.दमक बाट प्रहरी टोली खटी गई तास खेल्ने ५ जना मानिस र निजहरुले तास खेल्दा प्रयोग भएको रु.१,५७,०००।–(एक लाख सन्ताउन्न हजार ) रकम सहित एक बुङ तास समेत बरामद गरी निम्न ब्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी ई.प्र.का.दमक राखिएको ।
निम्न
१,सेक्टर न.A4 हर्ट न.२३२ बस्ने बर्ष ३८ को प्रकाश राई ।
२,सेक्टर न.B3,हर्ट न.३०५ बस्ने बर्ष ३६ को नरेश दाहाल ।
३, सेक्टर न.B4,हर्ट न.३६६ बस्ने बर्ष ३६ को कुमार तामाङ ।
४,सेक्टर न.E2 हर्ट न.१०५ बस्ने बर्ष बिर्ख मान राई ।
५,सेक्टर न.B2 हर्ट न.१९८ बस्ने बर्ष २४ शन्तबीर तामाङ ।
सूचना अधिकारी/ प्रबक्ता
प्र.ना.उ. राकेश थापा
९८५२६९०२३२
(जिल्ला प्रहरी कार्यालय झापा)
