२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

कल्पना विश्वकर्मा

एउटा कथा पढेको थिए जसमा मध्यकालीन युरोपमा जब महामारी या रोग शहरमा आउथियो या देखा पर्थियो, त्यो महामारी शहर भित्र प्रवेश गर्नु अगाडी नै त्यहाँका केहि ईसाई धर्मका फादरीहरु शहरको रक्षा गर्नको लागि शहरको सीमामा उभिन्थे। महामारी शहर भित्र आउने पहिलनै उनीहरुलाई रोक्थे र सोध्थे कि– तिमीले कति जना मानिसहरुलाई शहरबाट लैजान्छौं? प्राय जसो रोग एक्लै आऊदैन उ संग उसको दुई साथीहरु पनि हुन्छन् – मृत्यु र डर । फादरीहरुले रोग, मुत्यु र डर संग सोधे– तिमीले आफुसंग कति जना मानिसहरुलाई लैजान्छौं? रोगले भन्छ –म धैरै मानिसहरुलाई लैजान्छु, मृत्युले भन्छ– रोगले जति मानिसहरुलाई लैजान्छ त्यसको आधा संख्यालाई म लैजान्छु र जब डरलाई सोध्छन् तब डरले भन्छ – म कसैलाई पनि लैजान्न् । जब महामारी पुर्णरुपमा फैलिन्छ र यी तीनै जनाले जब मानिसहरुलाई लिएर जादै गर्दा फादरीहरुले देख्छन् की रोगले मानिसहरुलाई लिएर जादैछ , मृत्युले पनि भनेको जस्तै केही मानिसहरुलाई लिएर जादैछ तर डरको पछाडी धेरै संख्यमा मानिसहरु जाँदै छन् । यो देखेर फादरीहरुले डरलाई सोध्छन् – तिमीले त भनेका थियौ की तिमीले कसैलाई पनि लैजान्न, तर तिम्रो पछाडी त धेरै संख्यमा मानिसहरु छन् ! डरले उत्तर दिन्छ की– यिनीहरुलाई मैले लगी रहेको छैन, यिनीहरु स्वेच्छरुपले मेरो पछाडी आएका हुन् ।

अहिले यस्तै खालको डर,त्रासको माहौल बनी रहेको छ । हाम्रो छेउ–छाउँ भय ,डर ,तनाव धेरै मात्रमा हामी माथि हाबी भै रहेको छ । यस्तो बेलामा हामीले कसरी यी परिस्थितीहरुको सामना गर्ने? भन्ने प्रश्न मनमा आई रहेको छ। हामी आज देखिरहेका र अनुभव गरी रहेका छौं की धेरै मानिसहरुले यो समयलाई निराशाको रुपमा पनि लिइ रहेका छन् । के गर्न सकिन्छ? हामी बुझ्न सकिरहेका छैनौ, फिरी यी कुराहरु भई पनि राखेका छन् । जसले मनमा पटक–पटक प्रश्न उठाछ के गर्ने?कसो गर्ने?बितेका केहि महिनाहरु देखि अचानक यि कुराहरु हाम्रो सामु आइ रहेका छन् ।

जीवनमा केही यस्ता कुराहरु हुन्छन् जुन हामीलाई थाहा हुन्छ, ति कुराहरु हाम्रो जीवनमा हुन सक्छ । यद्यापि ति कुराहरु हामीलाई स्वीकार्य हुदैन । उदाहरणको लागि परिवारमा कसैको मृत्यु ,दुर्घटना हुनु, जागीर गुमाउनु, जीवनको कुनै पक्षमा असफलता हुनु , सम्बन्धमा द्वव्द्व आउनु । हामीले एकातिर यो पनि सोच्छौं की म संग यि कुराहरु हुन सक्दैन । तर यि कुराहरु हाम्रो वरिपरि भईपनि रहेको देख्छौं साथै हामीलाई ज्ञान छ की यि कुराहरु मानिसको जीवनमा, संसारमा भई पनि रहेको छ । यदि अचानक हाम्रो जीवनमा यस्तो केहि घटना भयो भने हामी त्यो अवस्थाको सामना गर्न असामथ्र्य हुन्छौं । कारण हामी चिन्ता, डर, भय, शंका, तनाव महसुस गर्छौ र यी सबै हाम्रो भित्र सिर्जना हुन थाल्छन् । हामी विश्वास गर्न थाल्छौ की परिस्थितिनै यस्तो छ की यसले हाम्रो मनको स्थितीमा अवश्य नै प्रभाव पार्छ ।

हाम्रो दैनिक जीवनमा यस्ता परिस्थितिहरु भई राख्छन्, जस बाट हामी अवगत नै हुन्छौं । तर पनि जब हामीले यस्ता कुराहरुको सामना गर्छौ तब हामी तनाव, विचालित हुन थाल्छौं । तर आज हाम्रो सामु यस्तो अवस्था छ,जसको बारे त हामीले कल्पना पनि गरेका थिएनौं,कि यस्तो रोग वा महामारी या भाइरस आउछ भनेर । यसको उपचार कसरी गर्ने भन्ने पनि थाहा भएन र हामीलाई यो पनि थाहा थिएन की यो संसार भरी फैलिन्छ । यो सम्भवत पहिलो यस्तो अवस्था हो जुन एकै समयमा सम्पूर्ण संसारमा घटेको छ । सामान्यतमा यदि कुनै प्राकृतिक विपद या फेरी युद्ध होस् कुनै विशेष एक ठाँउमा या क्षेत्रमा हुन्छ । सायद एकै समयमा सारा संसारलाई व्याकुल पार्ने कुनै यस्तो घटना भएको हुन सक्छ । यसले कुन खालको हाम्रो मन र मास्तिष्कमा प्रभाव पारेको छ, हामीले अहिले सम्म बुझ्न सकिरहेका छैनौं । की यसले प्रत्येकको मनमा कति र कुन खालको प्रभाव पारेको छ भनेर । अरु खालको परिस्थितिले त केहि मनलाई मात्र असर पार्दै थियो भने यो एउटा यस्तो अवस्था हो जसले एकै साथ सार संसारमा लगभग सबै मनलाई असर परिरहेको छ । साथै यसको प्रभावहरु केवल हालको समय सम्म मात्र नभएर एउटा लामो अवधि भरी पर्नेछ ।

हामी यो विश्वास प्रणाली संग सायद बाल्यबस्था देखिनै बाँचि रहेका थियौ र छौं, सारा संसार पनि बाँचि रहेको छ की जस्तो परिस्थिती त्यस्तै मनको स्थिति हुन्छ । जब यति ठूलो परिस्थिति हाम्रो सामू छ भने विचलित हुनु त सामान्य हो । तनाव महसुस गर्नु र तनाव सिर्जान हुनु त सामान्य र स्वाभाविक कुरा हो । जसले गर्दा हामीले नकारात्मक भावनालाई सामान्य नै भन्यौं साथै हामीले यो पनि भन्यौं की जाति ठूलो परिस्थिति त्यति नै ठूलोरुपमा डर, चिन्ता, तनाव सामान्य हुन्छ । यो महामारीको समयमा शान्त, स्थिर र निडर, निर्भय रहन सकिन्छ भन्ने पक्षलाई हामीले सोचेका नै छैनौं । हामीले यी अवस्थहरुको प्रति अवधारणा के बनाइरहेका छौं भने यस्तो समयमा कोही पनि शान्त, स्थिर र निडर रहन सक्दैन । हामी सुनिक्षित गर्छौ की सबैलाई डर र तनाव छ । यदि कोही डराएको छैन भने उसलाई भन्छौं तिमीलाई डर लागि रहेको छैन? हाम्रो लामो समय देखि निरन्तररुपमा यस्तै सोचले गर्दा आज यो समयामा धेरै मात्रामा डर र त्रास बढी रहेको छ ।

अब हामीले हाम्रो सोचलाई पूणरुपमा परिर्वतन गर्नु पर्छ । बुझ्नु पर्ने कुरा अहिलेको यो भाइरसको अवस्थमा होस् या जीवनको कुनै पनि अवस्थाहरुमा होस्, यी दुवै बाहिरी अवस्था हुन् । मनको स्थिति भनेको आफ्नो भित्र हुन्छ । परिस्थितिहरुले मेरो सोचलाई सिर्जना गर्न सक्दैन तर मेरो मनको स्थितिले सय प्रतिशत बाहिरी परिस्थितीलाई प्रभाव गर्न सक्छ । जब हामीले हाम्रो बोल, शब्द, सोच, विचारको भाषा र शब्दावलीको सहीरुपमा अभ्यास र त्यसलाई परिर्वतन गर्छाैं, तब हामी निडर, निर्भय, तनावमुक्त हुन सक्छौं ।
जसरी यतिका दिन सम्म हामी सिकिरहेका छौं,हामी हाम्रो परिवार, देश, विश्वलाई यो भाइरस बाट कसरी सुरक्षित हुन सक्छौं, के–के गर्नु पर्छ भने कुरा पटक–पटक सुनी रहेका छौं, र सुनी–सुनी बुझ्दै हामी सबैले गर्न थाल्यौ । तर हामीले यो सोचेनौं यो भाईरस बाट सुरक्षित हुनु हामीले आफ्नो मन मास्तिष्कमा के गर्नु पर्छ । किनभने हामीले सोच्यौ की यो भाईरस त फिजिकल हो, जसले शरीर र स्वास्थ्यमा असर गर्छ । जसबाट रोग र मृत्यु हुन्छ अनि हामी रोग ,मृत्युको बारे सोच्दैछौं ,बोल्दैछौं र प्रत्येक दिन हामी यसको तथ्याङ्क हे¥छौं । रोग र मृत्यु संग डर पनि छ तर डरको बारे हामी सोच्दैनौं, किनभने डर त स्वाभिक हो । जसले गर्दा डर माथि हामी केही गर्न सक्छौं भन्ने महसुस गर्दैनौ । सामाजिक र भौतिक दुरी त कायम गर्न सिक्यौ जसले हामी यो भाइरसबाट सुरक्षित हुन सक्छौं । तर मानसिक स्तरमा हुने डरको भाइरस पहिले देखिनै हाम्रो भित्र र हाम्रो वरिपरि छ ।

चिकित्सकहरुको भनाई अनुसार डर र तनावले हाम्रो प्रतिरक्षा प्रणाली(इम्युनसिस्टम)लाई नष्ट गर्छ । यो डर आज हामीले नयाँ सिर्जना गरेको होइन । यो डर त हाम्रो जीवनको एउटा हिस्सा नै थियो । तर हाम्री कहिलेकाँही मात्र डराउथ्यौ । जीवनमा केहि कुरा, कनैु चुनौती वा दवाव भयो भने केहि दिन सम्म डराउथ्यौ अनि फेरि हामी सामान्य हुन्थ्यौ । तर पनि हाम्रो प्रतिरक्षा प्रणाली(इम्युनसिस्टम) त्यति बलियो छैन ।

समाजमा अहिले हरेक व्यक्ति कुनै न कुनै रोग बाट ग्रसित छ । हाम्रो शरीर पूणरुपमा स्वास्थ्य छ भन्न सकिदैन चाहे त्यो उमेरमा ठूलो होस् या सानो होस् । जीवनमा कहिले न कहिले औषधी सेवान गरेका नै हुन्छौं । सुरु बेला हामीले बुढा–बुढी र बच्चाहरुमा यो भाइरस प्रति बढी ध्यान राख्नु पर्ने र यिनीहरुलाई हुने सम्भावन र प्रभाव बढी हुन्छ भन्ने थियो तर पछिल्लो समयमा त हरेक उमेरका व्यक्तिहरुलाई भई रहेको छ । के इम्युनसिस्टम बुढा–बुढी र बच्चाहरुमा मात्र कमजोर छ त?मानौं कोहि ७०–८० वर्षको छ तर उसको भावनात्मकरुपमा उ बलियो छ भने उसको इम्युनसिस्टम पक्कै पनि बलियो हुन्छ । तर कोहि २०–३० वर्षको छ तर उ निरन्तररुपमा डर,तनाव,चिन्तामा छ भने उसको इम्युनसिस्टम कमजोर हुन्छ । किनभने इम्युनसिस्टम शरीर या उमेरमा मात्र निर्भर हँुदैन, मनको स्थिति ९कतबतभ या mष्लम० र मनको इम्युनसिस्टममा पनि निर्भर गर्दछ ।

हामीले सामान्य दिनचर्यामा हजारौं विचारहरु सिर्जना गर्छौं भने, यस्तो संकटको बेलामा जहाँ चाहि लगातर जानकारी वा सुचनाका साथ, हाम्रो विचारहरुको प्रतिशत यस समयमा कति बढेको होल त? आज हामी त्यस्तो युगमा छौं जहाँ जानकारी वा सुचनाको अभाव नै छैन । टिभी, इन्टरनेट, सोशल मिडिया र्माफत हामीलाई जानकारीहरु प्राप्त भै रहन्छ । तर पनि प्रश्न छ गुणस्तरीय जानकारीको । हामीले सकारात्मक जानकारी लिनु हाम्रो लागि राम्रो कुरा हो ।

हामी धेरै कुरा सुन्छौ,पढ्छौं जुन हाम्रो मास्तिष्क भित्र जान्छ ,जसले हाम्रो विचारलाई असर गरिरहेको हुन्छ । सामान्यतया हामी भन्छौं–के गर्ने? नकारात्मक सोच आउछ ,यो सामान्य हो । कसरी सकारात्मक सोच्ने? किन हामी यस्तो सोचिरहेका छौं भन्ने, हामीलाईहाम्रो विचारहरुको स्रोत के हो भन्ने नै थाहा छैन । हाम्रो विचारहरुको स्रोत भनेकै जानकारी वा सुचना हो ।

जसरी हामीले स्वास्थ्य खान खायौं भने, हाम्रो शरीरलाई पौष्टिक तत्वहरु मिल्छ जसले हाम्रो शरीर स्वास्थ्य रहन्छ । त्यसैगरी हाम्रो प्रत्येक विचार,मन मास्तिष्कको स्वास्थ्यलाई जानकारी वा सुचनाले प्रभावित गर्छ । जुन चाहि हाम्रो मनको भोजन हो । जसको आधारमा हाम्रो विचारहरु सिर्जना हुन्छन् । जानकारीको गुणस्तर जस्तो हुन्छ,त्यस्तै हाम्रो विचारहरुको पनि गुणवत्ता हुन्छ ।

मानौं जब हामी गाडी चलाउछौं हामीलाई थाहा छ हामीले सावधानीपूर्वक चलाउनु पर्छ, किनकी हामीलाई ति जानकारीहरु हुन्छ जब हामीले लाइसेन्स लिएको हुन्छौं । तब हामीलाई गाडी कसरी चलाउने बारे निर्देशन वा जानकारी दिइएको हुन्छ । तर हामीले यो मात्र जानकारी लियौ कि प्रत्येक दिनमा कहाँ र कति दुर्घटनाहरु हुन्छन् भनेर, त्यस पछि हामीलाई गाडी चलाउन असम्भव लाग्छ । हामी सचेत हुन्छौं की दुघटनाहरु हुन्छन्, हामी लाई थाहा छ सावधनीपूर्वक चलाउनु पर्छ र ध्यान दिनु आवश्यक छ । तर दुर्घटना को जानकारी मात्र लियौ भने, दुर्घटना हुनु त दोस्रो कुरा, मन र मास्तिष्कमा डर र चिन्ताको स्तर धेरै गुणा बढ्छ । प्रत्येक पटक हामी गाडी चलाउन चाहन्छौं तब डर र चिन्ता हामी माथी पहिलेनै हाबी हुन थाल्छ । जसले गर्दा दुर्घटना हुने सम्भावना बढछ् ।
त्यसै गरी यो भाइरस सम्बन्धी जानकारी पनि कति लिनु पर्छ भन्ने विकल्प हाम्रो हुनु पर्छ । किनभने निरन्तररुपमा जानकारी लियौ भने डर,त्रास धेरै बढछ । कसरी सुरक्षित हुने भन्ने जानकारी त लिइसकैका छौं । तर यस बाट भएको क्षतिको बारेमा निरन्तर जानकारी लिनु भन्दा नि १०–१५ मिनेटको जानकारीबाट परिस्थितिको गम्भरिताको बारे बुझ्न सकिन्छ ।

यी नै धेरै जानकारी हेर्ने, सुन्ने, एक–अर्का संग कुरा गर्न का कारण पनि डर, चिन्ताको लहरले यसको प्रभाव सिर्जना भइ रहेको छ । भाइरस आफैमा यति धेरै डर र चिन्ता सिर्जना गर्दैन जति यो सुचनाको आदान प्रदान द्वारा डर र चिन्ता सिर्जना हुन्छ । हामीले यो अवश्य ध्यान राख्नु छ की यो भाइरसबाट जोगिनको लागी , हाम्रो मन र शरीर दुवै बलियो चाहिन्छ । यो सुचनाको निरन्तर प्रवाह बाट हाम्रो मनलाई प्रभाव परी राखेको छ । हाम्रो मनले हाम्रो शरीरलाई प्रभावित पर्दछ र जब हाम्रो मन र शरीर दुबै कमजोर छ भने यस रोग बाट प्रभावित हुने संभावनाहरु बढछन् । कसरी सुरक्षित हुने बारे डाक्टरहरु र राज्यले दिने जानकारी सानो नोटको रुपमा आउछ । प्रत्येक मिनेट,घण्टामा जानकारी लिइ राख्नु पर्ने छैन ।

अहिले वास्तवमा डर चाहि महामारीको रुपमा छ । तर हामीले डरलाई महसुस गर्दछौं की डरले केहि गर्न सक्दैन र यो त स्वाभाविक हो । तर डरले हाम्रो भावनात्मक स्वास्थ्यलाई असर पार्छ । जब डर ,चिन्ता ,तनाव निरन्तररुपमा हुन्छ, तब यसको पहिलो असर हाम्रो मानसिक स्वास्थ्यमा  पर्छ । हामीले बुझ्नु पर्ने कुरा डिप्रेसन अहिले विश्वमा एउटा महामरीको रुपमा छ ।

डब्ल्यू.एच.ओको तथ्याङक अनुसार प्रत्येक चार वा पाँच व्यक्ति मध्ये एउटा व्यक्तिलाई डिप्रेसनको लक्षण हुन्छ या डिप्रेसन हुने सम्भावना बढी हुन्छ । तर यो तथ्याङक यो महामारी भन्दा पहिलेको हो । भने पछि यी व्यक्तिहरु पहिले देखिनै मानसिक स्वास्थ्य समस्या जस्तै डर,चिन्ता,तनाव,डिप्रेसन,ओ.सी.डी  संग बाँचिरहेका थिए ।

अब जब यो अवस्था छ ,हामीले भन्छौं की डर,चिन्ता र तनाव संसार भरी सामान्य छ, के हामीले कल्पना गर्न सक्छौं ? जब विश्व भरी नै डर, चिन्ता र तनाव चाल्दैछ ति चार मध्ये एउटा व्यक्ति ,हाम्रो छेउ–छाउ पनि हुन सक्छ । के हामी सोच्न पनि सक्छौं? यो अवस्थाले उनीहरुलाई कति प्रभाव पारिरहेको छ । र बाँकी तिन–चार जना व्यक्ति यो विश्वसामा बाँचिरहेका थिए की तनाव,डर,रिस,चिन्ता सामान्य हो । जब उनीहरुले यस्तो अवस्थामा ठूलो डर र चिन्ताको सामना गर्छन् तब फेरि यी तिन–चार जान मध्येमा एक जनाको संख्या डिप्रेसन हुनेछ ।

जब यस्तो खालको डर र चिन्ता निरन्तररुपमा हुन्छ, तब यसले हाम्रो मानसिक स्वास्थ्यको तथ्याङकमा ठूलो असर पर्नेछ । हामी अहिले यो अवस्थाको(भाइरस) बारे सोच्दैछौं ,तर हाम्रो सोचले अर्को धेरै ठूलो महामारी निम्त्याउने छ । यो भाइरस केहि समय पछि निश्चितरुपमा सामान्य हुन्छ । धेरै जसो मानिसहरु निको पनि भइरहेका छन् । तर यदि अहिलेको समयमा कसैलाई डिप्रेसन भयो भने या डरको मात्रा धेरै भयो भने ,आत्महत्या पनि बढी रहेको अवस्थमा, भाइरस पक्कै समाप्त हुन्छ तर डिप्रेसन केहि महिनमा अन्त्य हुन सक्दैन । जसले हाम्रो मानिसक स्वास्थ्यमा ठूलो असर पर्छ ।

त्यसैले सरुक्षित हुनु र डर त्रास सिर्जना गर्नु दुई पूर्णरुपमा भिन्न कुरा हो । हामीले यस वर्तमान चुनौतिको ख्याल गर्नु पर्छ तर यो चुनौतिको डरको कारण हामीले जीवनको अन्य पक्षहरुमा जटिलताहरु ल्याउन सक्दैनौं । तसर्थ हामीले हाम्रो सोच–विचारहरुमा ध्यान दिन आवश्यक छ । हाम्रो भावनात्मक स्वास्थ्यले हाम्रो मानसिक स्वास्थ्यलाई प्रत्यक्ष असर गर्दछ र यी दुवैको प्रभाव हाम्रो शरीरिक स्वास्थ्यमा पर्छ ।

हामी सबै केहि न केहि परिवर्तन गर्न चाहन्छौं, हामी सबै स्वास्थ्य हुन चाहन्छौं, हामी यो विश्वलाई फेरि पहिले जस्तै सामान्यरुपमा देख्न चाहन्छौं, हामी सबै यस रोगबाट मुक्त हुन र गराउन चाहन्छौं । यो स्वास्थ्यकर्मी वा राज्यहरुको मात्र जिम्मेवारी होइन, यो हाम्रो व्यक्ति–व्यक्तिको पनि ठूलो जिम्मेवारी हो र हामीले यसलाई राम्ररी पूरा गर्न सक्छौं । अब हामीले बुझ्नु छ कि हामीले व्यक्तिगतरुपमा हामी भित्र सहिरुपमा सोचहरुलाई परिवर्तन र सहि रुपमा सिर्जना गर्नु अतियन्तै आवश्यक छ ।