दमकमा नीजि विद्यालयहरुले नपढाएपनि बैशाखदेखिको नै शुल्क उठाउन पाउनु पर्ने माग, साविककै मासिक शुल्क लिने प्रयास
विष्णुप्रसाद पोखरेल
दमक/ संघीय, प्रदेश र स्थानीय सरकारले कोरोना महामारीमा बिद्यालयको पठनपाठन नगराउन निर्देशन गर्यो । अभिभावकले पनि आफ्ना छोरोछोरी विद्यालयमा पठाएनन् । सबै ठप्प भयो । आफ्ना बिद्यार्थीहरुलाई सम्पर्कमा राख्न र अभिभावकको नियमित सम्पर्कमा रहन केहि विद्यालयले जुम तथा प्रविधिको प्रयोग गरे । यद्यपी नियमित पढाई भएन ।
अहिले यो शैक्षिक शत्रको नै कुनै न कुनै रुपमा शुल्क उठाउन पाउनुपर्ने माग राखेको पाईएको छ । यसको बिपक्षीमा साना विद्यालयहरु रहेकाछन् । दमक नगरपालिकाको छलफलमा सहभागि एक बिद्यालयका सञ्चालकका अनुसार लाजै पचाएर भर्ना शुल्क नभनि रजिष्ट्रेसन शुल्क भनेर अभिभावकबाट पैसा उठाउन पाउनु पर्ने र बैशाखदेखिको शुल्क लिन पाउनु पर्छ भनेर ठुला बिद्यालयका सञ्चालकहरुले माग राखे ।
२० प्रतिशत बिद्यार्थी पनि अनलाईनमा सामेल छैनन् र एकछिन अलमल्याएको पैसा उठाउनु हुन्न भन्ने हामीलाई लाग्छ, ति बिद्यालय सञ्चालकले भने । नगरपालिकका जिम्मेवार कर्मचारी पनि केहि नबोलेर तपाईहरु अभिभावकलाई मिलाउनुहोस भनेर पन्छदा अचम्म लागेको छ, ति बिद्यालयका सञ्चालकको भनाई छ ।
अनलाईनबाट पढाउदा र बिद्यालयमा सामेल गरेर पढाउदा लागत खर्च एउटै होला ? प्रश्न पनि उब्जेको छ । अनलाईन शिक्षा तथा बैकल्पिक रुपमा पठनपाठन गर्दाको शुल्क नगरपालिकाले तोक्नु पर्नेमा यस बिषयमा छलफल केन्द्रित नभएको बताईन्छ । शिक्षकले जसरी पनि तलव पाउनु पर्ने माग राखेको र बिद्यालय सञ्चालकले शुल्क जसरी पनि लिन पाउनुपर्छ भनेर कुरा राखेपछि अभिभावकको कुरा बोल्ने कस्ले ?
