२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक नगरपालिका उपप्रमुख गीता अधिकारीद्धारा जारी गरिएको बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ । लेखा शाखामा कार्यरत रहेका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनि सहित अग्रभागमा काम गर्ने ३ जना र अन्य ५ जना गरेर ८ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले पुष्टि गरेको छ । नगरपालिकाद्धारा जारीबिज्ञप्तिमा भनिएको छ-

मिति २०७७ भदौ २६ गते होम क्वारेन्टिन, क्वारेन्टिन, स्वास्थ्यकर्मी, शंकास्पद बिरामी, अग्रपंक्तिमा रहेका कर्मचारी र कन्ट्याक ट्रेसिङ्गको आधारमा जम्मा ९६ जना व्यक्तिको पि.सि.आर. (स्वाब) जम्मा गरी वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान स्थित पठाइएको र हिजो र आज प्राप्त ९२ जनाको रिपोर्ट अनुसार कन्ट्याक ट्रेसिङ्गका मार्फत ५ जना र अग्रपंक्तिका ३ जना क्रमशः ८, १९, २५ ४७, वर्षिय पुरुष, १४ बर्षिय महिला र ४४, ४७, ५०, बर्षिय, पुरुषमा पि.सि.आर. परीक्षण गर्दा कोरोना भाईरस पोजेटिभ देखिएको र बाँकी ८६ जनाको रिपोर्ट नेगेटिभ आएको छ, निजहरुको अवस्था सामान्य रहेको छ । ४ जनाको रिपोर्ट आउन बाँकी रहेकोले रिपोर्ट आउन साथ पूर्ण जानकारी गराईने छ।