दमक नगरपालिकामा कर्मचारीमामा कोरोना संक्रमण पुष्टि भएपछि लेखा शाखा बन्द, कर्मचारीहरु आईसुलेसनमा
विष्णुप्रसाद पोखरेल
दमक/ १ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दमक नगरपालिकाको लेखा शाखा बन्द गरिएको छ । उक्त शाखामा कार्यरत सबै कर्मचारीहरुलाई आयुसेलसनमा राखिएको पनि नगरपालिकाले जनाएको छ । गत २६ गते पिसिआर नमुनाको परिक्षण गर्दा दमक नगरपालिकाको लेखा शाखामा कार्यरत १ जना कर्मचारीलाई कोभिड १९ पोजेटिभ देखिएको हो ।
लेखा शाखामा कार्य गर्ने सबै कर्मचारी र निजसंग प्रत्यक्ष सम्पर्क भएका कर्मचारी तथा अन्य व्यक्तिको कन्ट्याक ट्रेसिङ्ग गरी नमुना लिने र लेखा शाखा तथा कन्ट्याक ट्रेसिङ्गमा परेका कर्मचारिहरुलाई आइसोलेसनमा राख्ने निर्णय भएको छ, दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले भनिन् । असोज ४ गतेसम्म नगरपालिकाको लेखा शाखा बन्द गर्ने पनि जनाईएको छ ।
दमक नगरपालिकाले लेखा शाखा बन्द गर्ने निर्णयमा यस्तो उल्लेख छ- मिति २०७७/०५/२६ गते पि.सि आर नमुनाको परिक्षण गर्दा दमक नगरपालिकाको लेखा शाखामा कार्यरत १ जना कर्मचारीलाई कोभिड १९ पोजेटिभ देखिएकोले लेखा शाखामा कार्य गर्ने सबै कर्मचारी र निजसंग प्रत्यक्ष सम्पर्क भएका कर्मचारी तथा अन्य व्यक्तिको कन्ट्याक ट्रेसिङ्ग गरी नमुना लिने र लेखा शाखा तथा कन्ट्याक ट्रेसिङ्गमा परेका कर्मचारिहरुलाई आइसोलेसनमा राख्ने साथै २०७७ असोज ४ गतेसम्म नगरपालिकाको लेखा शाखा बन्द गर्ने ।
एकसाता पछि पहिलो पटक दमकमा कोरोना संक्रमितहरु बढेकाहुन् । ३ जना अग्रभागमा काम गर्नेहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्य शाखाले आवश्यक तयारी गरेको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले बताएकाछन् ।
