२०७८ अशोज २, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ वर्ष अगाडि

दमक/ झापाको दमकमा पञ्चकन्या ब्राण्डका एचडिपिइ पाईप, पिभिसि पाईप तथा फिटि ङ, धारा लगायत आवश्यक सामाग्रिहरु पाईने आधिकारीक बिक्रेता तथा डिलर सञ्चालनमा आएको छ । दमकस्थित क्याम्समोडमा ज्योती सप्लायर्षले औपचारिक विक्री शुरु गरेको हो । यसभन्दा अघि पञ्चकन्याका उत्पादनहरु इटहरी तथा बिर्तामोडदेखि दमक ल्याउनु पर्ने अवस्था रहेको बताईएको छ ।

वैदेशिक रोजगारबाट फर्केर नेपाल तथा आफ्नो ठाँउमा नै केहि गर्नुपर्छ भन्ने सोच अनुरुप ब्यवसाय शुरु गरिएको यसका प्रोपाईटर पवन बिष्टले बताए । हामी उचित मूल्यमा पञ्चकन्याका सामाग्रिहरु उपभोक्तालाई उपलब्ध गराउन प्रतिबद्ध छौ, विष्टले भने ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले नेपालको ख्याति कमाएको ब्राण्डका उत्पादनहरुको दमकमा आधिकारीक विक्रेताको रुपमा काम शुरु गरेको भन्दै शुभकामना दिए । उनले नै रिबिन काटेर उक्त पसलको उद्घाटन पनि गरे । संघका प्रथम उपाध्यक्ष राजु खड्का लगायतको उपस्थिति रहेको थियो ।