दमकमा निर्माण सामाग्रि उत्पादनमा पहिचान स्थापित गर्दै गरेको आरएमसीमामा विश्वकर्मापुजा

दमक/ झापाको दमकमा छोटो समयमा नै स्थापित बनेको पाउ पाथिभरा निर्माण सेवा प्रालि आरएमसीले भब्य रुपमा विश्वकर्मा पुजा सहित एकअर्कामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
आरएमसीका सञ्चालकमध्येका एक राजु खड्का अनुसार गुणस्तरीय निर्माण सामाग्रि उत्पादन गर्दै आएको यस कम्पनीले क्षमता विस्तार तथा गुणस्तरीय निर्माण सामाग्रि उत्पादनमा सधै लागि परेको जनाए ।
दमक क्षेत्रमा निर्माण क्षेत्रमा कार्यरत निर्माण ब्यवसायीहरु यसमा आवद्ध रहेकाछन् । विश्वकर्मा पुजामा उनिहरुको उपस्थिति रहेको थियो ।