२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

पर्शुराम रिजाल
नेपाली काँग्रेस दमक, नेता एवं दमक नगर सभापति दाबेदार

नेपाली कांग्रेस १४औ महाधिवेशनको पुर्वसन्ध्यामा छ । त्यसै क्रममा अहिले कृयाशिल सदस्यता नबिकरणको काम भरखरै पुरा गरि अब नेपाली कांग्रेसमा नया कृयाशिल सदस्य बितरणका लागि दमक नगरसमितिको बैठकबाट असोज ७ गते सम्ममा बडा समितिको भेला ,बैठक सम्पन्न गरि लिखित रुपमा नया कृयाशिल सदस्यको नाम सिफारिस गर्ने कार्य भईरहेको छ । कृयाशिल सदस्य सिफारिस गर्दा पार्टीमा योगदान पुर्याउनु भएका, सबै तहको निर्वाचनमा खट्नु भएका समाजमा योगदान गर्ने , भातृसंगठनहरुमा जिम्मेवारी निर्वाह गरिरहनु भएका ,वडामा रहनु भएका त्यागी अग्रज हजुरको भावना र नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादको मर्म अनुसारका कार्यकर्ताहरुको नाम सिफारिसको काम चलिरहेको छ।

त्यस पछि केन्द्रीय कार्यालयको निर्देशन र निर्वाचन समितिले तय गरे अनुसार कार्यक्रम अगाडि बढने नै छ। जहाँसम्म नेतृत्वको कुरा छ,ख अब नया कृयाशिल सदस्यको बितरण पश्चात को ब्याक्ती कुन पदमा जाने भन्ने तय हुन्छ नै। एउटा एतिहासिक पार्टीमा नेतृत्व लिने कुरामा महत्वकांक्षा हुनु स्वाभाविक पनि हो। म १३औ महाधिवेशनको उप बिजेता भएको कारण मलाई नेतृत्वमा पुर्याउनु पर्छ भन्ने नेता , कार्यकर्ताको भावना पनि मैंले बुझेको छु। त्यसकारण समय आए पछि सबै कुरा निश्चित हुनेछ।

मेरो बिचारमा नेतृत्व भनेको पार्टी लाई समस्या पर्दा समाधान दिन सक्ने र आवश्यकता पर्दा नेतृत्व वा जिम्मेवारी लिन सक्ने ब्याक्ती भन्ने बुझनु पर्दछ। समस्या पर्दा कस्ले के भन्छ ,वा फलानो लाई सोध्नु पर्छ भन्ने नेतृत्व भयो भने कार्यकर्ता ले दुख पाउने र पार्टी सगठन कमजोर हुने स्थिति हुन्छ। ब्याक्ती परिवर्तन संग सगै प्रवृत्तिको पनि सबलिकरण हुन जरुरी छ। नेतृत्वमा जो पुगे पनि नेपाली कांग्रेसलाई दमक र यो निर्वाचन क्षेत्र मा मजबुत बनाउनु हाम्रो भुमिका हुनु पर्छ।म नेपाली कांग्रेस लाई एकताबद्ध , संगठित र विधानत सञ्चालन हुनु पर्छ भन्ने मान्यता लाई स्थापित गराउने उद्देश्यका साथ अगाडी बढेको छु । र यस पटक सके सम्म सबै पदमा सर्वसम्मत गर्ने र सहि ब्याक्ती उचित पद, एक व्यक्ति एक पद र एक ब्याक्ती एक कार्यकालको अभियान लिएर सबै लाई जित र आपनत्व हुने गरि अगाडि बढने र त्यसका लागि सर्बसम्मतको अधिकतम कोशिस रहने छ।

अघिल्लो महाधिवेशनमा म नेपाली कांग्रेस दमक नगर समितिको सभापति पदमा उम्मेदवार भएर हारेको हु । निर्वाचन हारे पनि मैंले पुरै अबधि भरि नगर समितिलाई सहयोग गरेको छु। कतिपय अवस्थामा चाहि हारेको मानिसले चाहेर पनि सहयोग गर्न नपाईदो रहेछ । मैंले सगठन निर्माण , आर्थिक पारदर्शीता , मनोनित र प्रतिनिधित्व गर्ने कुरामा आफ्नो आशय राखे । तर पेलेर जाने , एक्लौटी निर्णय गर्ने प्रवृत्तिहरु पनि देखिए । जुन नेपाली कांग्रेसको हितमा थिएन। र पार्टी सगठन बडा वडा मा र भातृसंगठन र त्यहाँ काम गर्ने नेता साथिहरुमा पनि अप्ठ्यारो र हिनता बोधको अवस्था भयो । यि सबै कमिकमजोरीलाई पुरा गर्ने गरि हामि १४ अधिवेशनमा आफ्ना कार्यक्रमका साथ अगाडी बढेका छौ ।

सर्वप्रथम त नेपाली कांग्रेस पार्टीलाई दमकमा सशक्त र संगठित पार्टी को रुपमा बिकास गर्दै आपसी मतभेदलाई अन्तय गर्न, नेपाली कांग्रेस लागि बिधान र बिधि अनुसार सबै नेता तथा कार्यकर्तालाई समान अवसर र योगदान दिने बाताबरण बनाउन, संगठनको अभिलेखिकरण,संगठनको सबलिकरण सगै सृजनात्मक कार्य गर्न, नेपाली कांग्रेस वर्तमानमा प्रतिपक्ष भएता पनि संगठनको निर्माण गरि त्यसैको तागतमा नागरिकको मतद्वारा निर्बाचित हुने परिस्थिति निर्माण गर्न, हाल प्रतिपक्षमा रहदा आफ्नो तह अनुसारको हस्तक्षेपकारी र रचनात्मक कार्य गर्न, नेपाली कांग्रेस सग आम नागरिकको भरोसा बढाउन,गलत साटगाँड भागवण्डाको अन्तय गरि सबल काङ्ग्रेस निर्माण गर्न मेरो उम्मेद्वारी हो । सगठनमा प्रशिक्षण र जिम्मेवारी बाँडफाँड हुने संस्कारको विकास गर्न लगायत यि र बिधान ले निर्दिष्ट गरेका र माथिल्लो निकायको विधानत निर्देशन पालना गर्ने गराउने मेरो दायित्व ठान्नेछु ।

नेपाली कांग्रेस नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी जसको अगुवाईमा सबिधान पनि निर्माण भयो। तर वर्तमान नेकपाको सरकार छ । दमक सहित मुलुकमा नै नेपाली कांग्रेसले सशक्त भुमिका खेल्न नसकेको गुनासो छ। यो गुनासो आम नागरिकको हुनु स्वाभाविक पनि हो । सरकार २३ किलो सुन काण्ड, बाईडबढि काण्ड, निर्मला हत्या काण्ड, गुठि काण्ड, ७० करोडको टेप काण्ड, बालुवाटार जग्गा ,कोरोना भाईरस बिरुद्ध औषधि र उपकरण खरिद काण्ड, कृषि मल काण्ड , शुसासनमा चुकेको दखिन्छ। त्यसको बदलामा हस्तक्षेपकारी ढंगले नेपाली कांग्रेस जनताको बिकल्प दिन सक्ने हिसाबमा उपस्थित हुन सकेन।

दमक नगरपालिकाको मात्रै कुरा गर्ने हो भने शिक्षा , स्वास्थ्य, विकास निर्माण सबै ठाउँमा उहाँहरुको राजनितिक करण छ । महगि , सुशासन , नागरिकका दैनिक सवाल, सरकारी काममा ढिला सुस्ती र मनपरि नै छ । कृषि मल र बजारिकरण को बेवास्ताले आम किसान मार्कामा परेका छन। लकडाउनको मारले ब्यापार लगायत सबै क्षेत्र प्रभावित छ तर स्थानीय सरकार बेखबर जस्तै छ। हामीले पनि ससक्त रुपमा नगरबासीका मुद्दालाई उठाउन सकिएको छैन।त्यसका लागि हामि लागि परेका छौ र आत्माविश्वास सहित दर्बिलो नेतृत्व, बिबेकि नेतृत्व हामि स्थापित गर्छौ र दर्बिलो रुपमा प्रस्तुत हुने छौ।

अन्तमा , अहिले कोरोना का कारण र आथिर्क हिसाबले हामि आक्रान्त छौ।समय र परिस्थिति को गम्भीरता बुझेर युवा शक्तिलाई राजनितिकको मुल प्रवाहमा ल्याउदै समुन्नत समाज निर्माणको अभियानमा सबैको साथ सहयोग र मार्ग दर्शनको अपेक्षा राख्दछु।