झ्याप्प झ्याप्प लाइन काट्दा जन आक्रोश ! आम नागरिकको मनमा च्वास्सच्वास्स पीडा
मैले जे देखे त्यहि लेखे
विष्णुप्रसाद पोखरेल
दमक/ शनिवार दिउसको उखुम गर्मी, साँझ तथा बेलुका उस्तै गर्मी । लामो समय झण्डै तीन घण्टासम्म लगतार विजुली जाँदा फेरी अन्धकार युगको शुरुवात भएको भन्दै सामाजिक सञ्जालहरुमा आलोचना शुरु भएको छ । कतिपयले यसलाई कुलमान बाहिरीएपछि परिणामको रुपमा लिएकाछन् ।
सरकारले खुसियालीका साथ संविधान दिवस मनाईरहन भनिरहदा झापा सहित पुर्वमा संबिधान दिवसको दिन नै बिजूली काटिएको काटिएकै थियो । झ्याप्प झयाप्प विजुली जाँदा आम नागरिकको मनमा अन्धकार युगको शुरुवात भएको की भनेर मनमा च्वास्सच्वास्स पीडा थपेको छ ।
यदि कुनै मर्मत सम्भार वा समस्या भएको भए सार्वजनिक सूचना गर्न सकिन्थ्यो । यो सूचना पाउने अधिकार आम नागरिकको हो । तर यस्तो पनि गरेको पाइएन । संविधान दिवस मनाईरहदा कतिपयले कालो दिवस भनेर पनि विरोध गरे । बिजूली गएको देख्दा धेरैले कालो दिन नै सम्झाएको भान गरेको अनुभुत भएको छ ।
कुलमानको बर्हिगमनको साता दिन बित्न नपाउदै जसरी बिद्यूत प्राधिकरणले जनतालाई तर्साएको छ यो सरकारलाई चुनौती हो । बिद्यूत प्राधिकरणलाई चुनौती । नेपाली जनताका लागि यो निराशाको शुरुवात हो भन्दा फरक नपर्ला । यो कमजोरी कहाँबाट भइरहेको छ र यो किन भयो ? यसको जवाफ दिनु पर्छ ।
फेरी त्यो अन्धाकरमय दिन नआओस । फेरी मैनबत्ती र कुप्पी बाल्ने दिन नआओस यो जनचाहाना हो । सरकारप्रति बितृष्ठा पोख्न प्रशस्त ठाँउ रहन्छ । किनभने जनताले बिद्यूतको बिकल्पबाट पार पाएको अनुभुत गरेको अवस्था थियो । अन्धकार दिन बिर्सेको अवस्था थियो ।

