संविधान दिवसमा दीपावली र खुसियाली
दमक/ झापा सहित देशभर बिभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइदैछ । जनप्रतिनिधिमार्फत बनाईएको संबिधान लागु भएपछि देशमा अहिले तीन तहको सरकार रहेको छ । दोश्रो संविधान सभाबाट संबिधान जारी भएसंगै जनताबाट शाषित शाषन शुरु भएको बताइन्छ । यद्यपी जनतामा निराशा भने कायमै रहेको छ ।
देशभर बिभिन्न सामाजिक संघसंस्थाहरुले संबिधान जारी भएको स्मरण गर्दै दीपावली गरेकाछन् । सरकारी कार्यालयहरुमा पनि दिपावली भएको छ । कोरोना संक्रमणको महामारीका कारण औपचारिक कार्यक्रमहरु पनि खासै भएनन् । थोरै संख्यामा भेला भएर खुसियाली मनाउने काम भने देखिएको छ ।
छैटौं संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति बिद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत राजनीतिक दलका प्रमुख तथा नेताहरुले शुभकामना ब्यक्त गर्दै जन चाहाना अनुसार संविधानले दिएका अधिकारहरु जन भावाना अनुसार पुरा गराउन लागि पर्ने प्रतिबद्धताहरु आएकाछन् ।
