२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापा । कोरोना संक्रमणका कारण विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एक पुरुषको मृत्यु भएको छ। झापा जिल्ला भद्रपुर नगरपालिका १० स्थायी ठेगाना भएका ८६ वर्षीय पुरुषको बुधबार बिहान ५ बजेर ५० बजे मृत्यु भएको हो। विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक पुरुषमा उच्च रक्तचाप, मधुमेह र मृगौलाको समस्या थियो। उनी ५ असोजमा विराट मेडिकल कलेजमा भर्ना भएका थिए। उनको अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको थियो।