एक झापाली बृद्धमा मृत्युपछि कोरोना संक्रमण पुष्टि
झापामा कोरोना संक्रमणका कारण ७७ वर्षीय पुरुषको बुधवार राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका–६ निवासी वृद्धको मृत्यु भएको हो ।
उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
झापामा कोरोना संक्रमणका कारण ७७ वर्षीय पुरुषको बुधवार राति मृत्यु भएको छ ।
झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका–६ निवासी वृद्धको मृत्यु भएको हो ।
उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । त्यसपछि असोज ३ गते आएको छोराको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो । छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो ।
क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले ३ दिनअघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेको थियो । परीक्षण गरिएकामध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि वृद्धको भने पोजेटिभ आएको विश्वकर्माले जानकारी दिए ।
लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको बुधवार राति निधन भए पनि रिपोर्ट भने बिहीवार बिहान मात्र आएको बताइएको छ ।
उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । त्यसपछि असोज ३ गते आएको छोराको पीसीआर रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो । छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो ।
क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले ३ दिनअघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेको थियो । परीक्षण गरिएकामध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि वृद्धको भने पोजेटिभ आएको विश्वकर्माले जानकारी दिए ।
लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको बुधवार राति निधन भए पनि रिपोर्ट भने बिहीवार बिहान मात्र आएको बताइएको छ ।-रासस
