एमआई मोवायलको सफलतापछि ग्लोबल टेक्नोलोजी साओमीको स्मार्ट टेलिभिजनको दमकमा पनि विक्री शुरु

दमक/ ग्लोबल टेक्नोलोजी साओमीको स्मार्ट टेलिभिजन श्रेणीका मी टिभी ४एक्स (५५) र मी एलईडी टिभी ४ए–प्रो (४३) दमकमा पनि बिक्री शुरु भएको छ । मी टिभी
मी टिभी ४एक्स (५५ इन्च) मा ४के १० बिट एचडीआर डिस्प्ले सुविधा, इन–हाउस इमेज प्रोसेसिङ अल्गोरिदम, भिभिड पिक्चर इञ्जिन, २० वाटको स्पिकर डल्वी अडियो र डीटीएस एचडीलगायत सुविधा छन् ।
दमकमा एमआई मोवाइलको आधिकारीक विक्रेता एस एण्ड एस स्प्लायर्सले सोमबारदेखि दमकमा पनि यस टिभिको विक्री शुरु गरेको छ । दमक उद्योग बाणिज्य सघका अध्यक्ष गोकुल श्रेष्ठले केक काटेर र रिर्मोटबाट टिभि खोलेर यसको उद्घाटन गरे ।
कम्पनीले उक्त टिभीमा गुगलको नयाँ एन्ड्रोइड टिभी ९.० को साथ गुगल एसिसटेन्ट, युट्युब, क्रोमकास्ट, गुगल प्ले स्टोर र डाटा सेभरजस्ता विशेषता रहेको एस एण्ड एस सप्लायर्सका प्रोपाइटर खेम सापकोटाले बताए ।
मी एलईडी टिभी ४ए प्रो (४३) मा ४३ इन्चको १०८०पी पूर्ण एचडी रिजोलुसन, १२ बटनको ब्लुटुथ मी रिमोट सुविधा, डुअल २० वाटको स्टेरियो सेटअप लगायतका सुविधा पनि छन, सापकोटाले भने ।
सापकोटाले भने, ‘हामीले ल्याएका टेलिभिजनका दुई नयाँ उत्पादन नेपाली ग्राहकको रोजाइमा पर्ने विश्वास लिएका छौं । यसले स्मार्ट टिभीको अर्थ परिभाषित गर्नेछ ।’
मी टिभी ४एक्स (५५) २०२० संस्करण र मी एलईडी टिभी ४ए प्रो (४३) सुपथ मूल्यमा दमकमा नै पाईन्छ, अर्का प्रोपाईटर लोकेश सापकोटाले भने । एमआई मोवायलजस्तै यसमा पनि सबैको सहयोगको अपेक्षा रहेको उनको भनाई थियो ।