२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

झापा । झापामा कोरोना सङ्क्रमणबाट एकै रात दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन् । मृतक दुवै पुरुष हुन् ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ढुङ्गाना थरका ५८ वर्षीय पुरुष रहेका छन् । उनको घरैमा मृत्यु भएको हो । अस्तिका दिन स्वाब परीक्षणका लागि दिएकोमा उनको रिपोर्ट हिजो पोजेटिभ आएको थियो ।

रिपोर्ट आएकै दिन राति उनको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । योसँगै दमकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । त्यस्तै शिवसताक्षी ११ दुधेका ५६ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ ।

क्यान्सरको उपचार गराइरहेका उनको शुक्रवार साँझ मात्र पिसिआरको रिपोर्ट पोजेटिभ आएको थियो । गए राति उनको मृत्यु भएको परिवारले जनाएको छ । योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।