२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको कमल गाँउपालिकाको वडा नं. ६ मा अशक्त तथा रकम लिन आउन नसक्ने जेष्ठ नागरिकहरुलाई वडाध्यक्ष नरेन्द्र भट्टराईले घरघरमा गएर जेष्ठ भत्ता प्रदान गरेका छन् ।

बैकमा जोखिम बढ्ने भएकाले दशै अगावै जेष्ठ नागरिकको हातमा जेष्ठ नागरिक भत्ता पुगोस भनेर वितरण गरिएको र अतिअशक्तलाई घरमा पुगेर दिईएको भट्टराईले बताए । वडा कार्यालयका गौरी ओली सहितको टोली घरघर गएर जेष्ठ नागरिकलाई भत्ता प्रदान गरेको हो ।