दमक सहित झापामा बजारमूल्य मनपरी ! कोरोना त्रास, छैन जनतालाई सरकारको आश
दमक/ झापाको दमक सहित बजारमा दैनिक उपभोग्य सामाग्रि देखि तरकारी तथा फलफुलको मूल्य फेरी आकाशिएको छ । नियण्त्रण र नियमन गर्ने स्थानीय, प्रदेश र संघीय सरकारले यसमा चासो नदिदा उपभोक्ता ठगिएको बताईन्छ । उपभोक्ताबादी भनिने संघसंस्थाहरु पनि नबोलेको उपभोक्ताहरुको भनाई छ ।
टमटर सय रुपिया भन्छन्, मुलाको दाम ५०, प्याजको मूल्य १ सय २५ भन्न थालेछन्, दमकको शब्जि बजारमा भेटिनु भएका किशोर सापकोटाले आक्रोश पोखे । पसल अनुसारको मूल्य दमकको शब्जिबजारमा रहेको छ ।
यता किराना तथा थोकमा पनि मनपरी मूल्य रहेको बताईएको छ । एक खुद्रा ब्यवसायीका अनुसार होलसेल ब्यवसायीले आज माल बढाएर पठायो भन्दै हरेक चिजमा ५ देखि १० प्रतिशत मूल्य बढाएर लिएकाछन् तर यसमा कसैको वास्था छैन ।
मूल्य नियण्त्रण तथा उपभोक्तालाई ठगिनाबाट सरकारले जोगाउछ भन्ने आश नै उपभोक्ताहरुले मार्ने अवस्था आएको गुनासो छ । सरकार बिरुद्ध चौतर्फ आक्रोश मात्र सुनिन्छ ।
