दमकमा कोरोना संक्रमण जटिल बन्दै ! कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापनमा खटिदै आएका स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी तथा उनका परिवारमा नै कोरोना संक्रमण भएपछि दमकमा कोरोना संक्रमण रोकथाम झन् जटिल बन्ने देखिएको छ । कोरोना संक्रमण रोमथाम तथा जाँच र उपचारको बन्दोबस्त दमकमा अस्तब्यस्त बन्न थालेको भन्दे आलोचना हुँदै आएको छ ।
दमकमा सक्रिय कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दो अवस्थामा रहदा स्वास्थ्य शाखामा रहेर प्रत्यक्ष रुपमा कोरोना विरुद्ध अभियानमा सक्रिय स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीका परिवारका सदस्यमा कोरोना पोजेटिभ देखिएसंगै होम आईसुलेसनमा उनिहरु रहदा दमकमा थप जटिलता देखिने बताइन थालेको छ ।
दमकमा कोभिड अस्पताल तथा आईसुलेसन तयार भएको बताईएपनि अहिलेसम्म शुचारु हुन सकेको छैन । सरकारी दमक अस्पताललाई स्वास्थ्यकर्मीको ब्यवस्थापन सहित सञ्चालनको जिम्मा नगरपालिकाले दिएको छ ।
बेलडाँगी शिबिरमा कोभिड अस्पताल सञ्चालनका लागि तयारी गरिएको छ । दशैको समय अझ जोखिम बढि हुने र यहिमाथि स्वास्थ्यशाखाका कर्मचारी नै सक्रमित हुँदा अबका दिन थप असहज बन्न सक्छ, एक स्वास्थ्यकर्मीले भने ।
दमकमा नीजि अस्पतालमार्फत महगो शुल्क तिरेर भएपनि स्थानीयले कोरोना परिक्षण गरिरहेको र यसको संख्या बाहिर सार्वजनिक नभएको अवस्था रहेको छ । बैकका कर्मचारीहरुदेखि लिएर स्वास्थ्यकर्मी तथा स्वास्थ्यकर्मीका परिवारका सदस्य, समाजमा अग्रभागमा रहेर काम गर्दै आएका ब्याक्तिहरुमा कोरोना संक्रमण देखिदै आएको छ ।
कतिपयले कोरोना संक्रमणका सबै लक्षण देखा परेपनि जाँच समेत नगराएको पनि बताउदै आएकाछन् । यसभन्दा अघि नै कोरोना संक्रमणको जोखिममा जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारी परेको भन्दै वार्ड कार्यालय तथा नगरपालिका समेत बन्द गर्ने निर्णय भएको थियो ।
दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओली सहित केहि वडाध्यक्षहरुलाई पनि कोरोना संक्रमण भइसकेको अवस्था छ । नगर प्रमुख ओली अहिले पनि विराटनगरमा उपचाररत रहेकाछन् । ओलीको परिवारमा उनकी श्रीमति र छोरालाई पनि कोरोना संक्रमण भएको थियो ।
