दमकमा कोरोना जाँचका लागि स्वाब दिएका ब्याक्तिको मृत्यु भएर काजक्रिया आधा हुँदा बल्ल रिर्पोट
विष्णुप्रसाद पोखरेल
दमक/ दमकमा गत असोज २१ गते कोरोना संक्रमणका भए नभएको जाँचका लागि स्वाब परिक्षण गरिएकाको बल्ल रिर्पोट आईसकेको छ । यसमा एक ब्याक्तिको निधन भईसकेको छ । दमकमा अहिलेसम्म कोरोना संक्रमण भएका ८ जनाको मृत्यु भइसकेको छ ।
अस्पतालमा उपचारको क्रममा उनको रिर्पोट नेगेटिभ आएको थियो । उनको उपचारको क्रममा नै निधन भएको थियो । दमक नगरपालिकाकाले लिएको स्वाबको रिर्पोट भने उनको बल्ल आएको हो । मेची अस्पताल मातहत रहेको कोटिहोमका ल्यावमा स्वाब परिक्षणका लागि नगरपालिकाले पठाएको थियो ।
उ बेला परिक्षण गरिएकाहरुको अहिले पोजेटिभ रिर्पोट आएको छ । अधिकाँश रिर्पोट नआएपछि बाहिर हिडडुल गर्दै आएका थिए । अब उनिहरुको पुन परिक्षण गर्ने की नगर्ने पनि अन्योल रहेको बताईन्छ । १६ दिनपछि रिर्पोट पोजेटिभ आएकाले आईसुलेसनमा बस्नु पर्ने निर्धारण गरिएको समय पनि गुर्जेको छ ।
दमकमा नीजि तवरले ३ हजार रुपिया लिएर गरिएको पिसिआर जाँचको रिजल्ट भने बढिमा २४ घण्टामा आउछ । नगरपालिकाले लिएको स्वाबको परिक्षण रिर्पोट भने १६ दिनमा आएको छ । कन्ट्याक्ट ट्रेसिङ लगायतको सावधानीको उपाय समेत नगरपालिकाले पछिल्लो समयमा अपनाउन छाडेको देखिन्छ ।
झापामा शुक्रबारमात्र १ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । स्वास्थ्य कार्यालय झापाका अनुसार २४ घण्टाको अवधिमा यो संख्या थप भएको हो । अहिलेसम्म जिल्लामा कोरोना संक्रमण भएका १८ जनाको ज्यान गएको छ ।
