२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

समचार टिप्पणी

विष्णुप्रसाद पोखरेल

दमक/धेरैको अपेक्षा रहेको थियो दमकमा कोरोना संक्रमण रोक्नका लािग लकडाउन हुँदैछ । तर लकडाउन भएन । निर्णय त भयो तर त्यो निर्णय सार्वजकिन हुन साथ त्यसको समर्थन भन्दा ठुलो खिल्लि उडाईएको छ । अपरान्ह ४ बजेदेखि विहान ८ बजेसम्म निषेधाज्ञा भनिएको छ । सामन्यतया ४ बजेपछि होटल तथा रेष्टुरेन्ट ब्यवसाय बाहेक अन्य ब्यवसाय खास चल्दैन । विहान त प्रायजसो दमक ८ बजे नै खुल्ने गर्छ ।

लकडाउन कार्यन्वयन गराउन सकिदैन भनेर जिम्मेवार सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरुबाट नै भनाई आएपछि केहि गरेजस्तो देखाउनका लागि अपरान्ह ४ बजेदेखि विहान ८ बजेसम्म निषेधाज्ञा भनेर निर्णय भएको छ र यो लज्जाश्पद छ, छलफलमा सहभागि एक राजनीतिकर्मीले भने । स्थानीय सरकार र प्रशासन लाचार बनेको देखियो, उनले थपे । केहि समय लकडाउन गर्न जनदबाब रहेपनि यसलाई अस्वीकार भएको छ, उनी भन्छन् ।

दमकमा लकडाउन गर्नका लागि सामाजिक सञ्जालमार्फत स्थानीय सरकार तथा सरोकारवालाहरुलाई दबाब रहेको थियो । लकडाउन कोरोना संक्रमण रोक्ने औषधि या उपयुक्त विधि नभएपनि अन्य तयारी केहि नभएकाले एकले अर्कालाई यो रोग सार्नबाट रोक्न यो भन्दा सरल उपाय अरु नभएका कारण लकडाउनका लागि माग रहेको भन्ने जनआवाज रहेको थियो । न कन्ट्याक्ट ट्रेसिङ राम्रोसंग भएको छ, न जाँचलाई बढवा दिईएको छ ।  न कोरोना पोजेटिभ भएकाले सहज रुपमा अस्पताल बस्न पाएकाछन् । न स्वास्थ्य सावधानी अपनाएर पसल तथा ब्यापार ब्यवसाय खुलेकाछन् । यस्तो अवस्थामा लकडाउन बाहेकको विकल्प के हुनसक्छ ?

एकातिर ब्यवसायीक दबाब र प्रभाव हुनसक्छ । अर्कोतर्फ स्थानीय सरकार तथा स्थानीय प्रशासनलाई असफल देखाउने नियत पनि हुनसक्छ । यो नियत कसैमा भएको भए जनतालाई जोखिममा पार्ने यस्तो काम कोहिबाट पनि हुनुहुदैन । नगरपालिकाले गरेको निर्णय सच्याउनु पर्छ भन्ने आवाज नै बढि सुनिदै आएको छ । हाल सम्म दमकमा ४६१  जना संक्रमित भएकाछन् ।  २९४ जना निको भएको र वाँकी १४८ उपचाररत रहेकाछन् । १९ जनाको कारोना भाईरसका कारण ज्यान गुमाएको अवस्था छ ।

व्यापक रूपमा फैलिरहेको कोरोना भाईरस संक्रमणलाई रोकथाम गर्न भिडभाड हुने गतिविधिहरू नियन्त्रण गर्ने, आगामी तिहार, छठ पर्व लगायतका चाडवाडहरूमा जम्मा भै भिडभाड गरी सार्वजनिक देउसी भैलो र पाठ पूजा गर्न नपाउने व्यवस्था गर्ने र चाडपर्व घरघर मै मनाउने भन्ने निर्णय भएको नगर उपप्रमुख गीता अधिकारीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । यसो भनिरहदा लकडाउन घोषणा गर्न किन नहुने ? नागरिक तथा नगरबासीले प्रश्न उब्ज्याउने ठाँउ छ ।