दमकमा अहिले ४ बजेदेखि निषेधाज्ञा, पालना हुने र प्रशासनले पालना गरानेमा आंशका !
दमक/ झापाको दमकमा अहिले ४ बजेपछि निषेधाज्ञा जारी भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले निषेधाज्ञा आदेश जारी गरेकाहुन् । दमक नगरपालिकाको आग्रहमा जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा आदेश जारी गरेको हो ।
बस, सिटी सवारी, नीजि गाडि बन्द हुने निषेधाज्ञामा उल्लेख छ । अत्यआवश्यक बाहेकका सम्पूर्ण सवारी साधन पनि बन्द हुने निषेधाज्ञा आदेशमा उल्लेखछ । पसल तथा ब्यवसायहरु पुर्ण रुपमा बन्द हुनुपर्नेछ । दमकमा निषेधाज्ञा यो भन्दा अघि पालना भएको थिएन । अहिले पनि निषेधाज्ञा पालना होला भनेर धेरैले विश्वास नलागेको सामाजिक सञ्जाल फेसबुकमार्फत भन्दै आएकाछन् ।
