दमकमा केहि समय पुर्ण रुपमा कडा निषेधाज्ञा लगाउन जरुरी छ-दमक उद्योग बाणिज्य संघ
दमक/ दमक उद्योग बाणिज्य संघले पुर्ण रुपमा लकडाउन तथा निषेधाज्ञा गर्न नगरपालिकालाई सुझाव दिएको जनाईएको छ । संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार लिखित रुपमा नै आफुहरुले पुर्ण लकडाउन गर्न सुझाव दिएको बताएकाछन् । संक्रमित बढिरहेको र मृत्युदर पनि बढिरहेकाले हामीले केहि समय पुर्ण लकडाउनको सुझाव दिएका हौ, श्रेष्ठले भने ।
स्थानीय सरकारलाई सुझाव दिईएको र कार्यन्वयन गर्न पाटो स्थानीय सरकारकै भएको उनको भनाई रहेको छ । दमकमा केहि दिनयता आंशिक रुपमा निषेधाज्ञा जारी भएको छ भने यसको कार्यन्वयन पनि फितलो देखिन्छ ।
संघको सुझाव यस्तो रहेको छ-
मिति २०७७।०७।१७
श्रीमान नगरप्रमुख ज्यू
दमक नगरपालिका नगर कार्यपालिकाको कार्यालय
दमक,झापा
विषयः– राय सुझाव सम्वन्धमा ।
महोदय उपरोक्त विषयमा विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कारोना भाईरस कोभिड–१९ को संक्रमण समुदाय स्तरम फैलिसकेको तथा संक्रमण भयाभह अवस्थामा रहेको कारण दिनानुदिन संक्रमित हरु निधन हुने क्रम बढ्दो अवस्थामा रहेको छ ।
हालको विषम परिस्थिति लाई मध्यनजर गर्दै मिति २०७७ साल कात्तिक १७ गतेका दिन यस संघको कार्यालयमा संघको कार्यसमिति,सल्लाहकार समिति, बस्तुगत संघका प्रतिनिधी तथा भु.पु.अध्यक्ष ज्यूहरु समेतको उपस्थितिमा बसेको भएको छलफल बाट स्थानिय जनसमुदायहरु बाट स्वास्थ्य सुरक्षा विधिलाई पालना गर्न अटेर गरेका कारण संक्रमित तथा संक्रमणका कारण निधन हुनेको संख्या दिन प्रतिदिन तिब्रगतिमा बढि रहेको र दमक क्षेत्र उच्च जोखिमा रहेको कारण हाल उत्पन्न जोखिम न्यूनिकरण गर्नका निमित्त केही समयका लागि यस दमक क्षेत्र भित्र पसल व्यवसाय लाई मात्र बन्द गर्ने गराउने खालको लकडाउन नभई पुर्ण रुपमा वन्दा वन्दि हुने गरि निषेधाज्ञा जारी गर्नेू पर्ने र संक्रमितको संख्या अत्याधिक मात्रमा बढी रहेका कारण औधषी उपचारको अभाव बाट संक्रमित को निधन भइ रहेको र अव पनि हुन सक्ने खतरा समेत उच्च रहेको अवस्था रहेका हुदा आवश्यक मात्रमा अक्सिजन,आइसियु तथा भेन्टीलेटर र आवश्यक स्वस्थ्य उपचारको प्रवन्ध मिलाउन अत्यन्त आवश्यक रहेको हुदा निजी क्षेत्र संग समेतको सहकार्यमा उक्त कार्य गर्ने गराउने व्यवस्था मिलाउन स्थानिय सरकार दमक नगरपालिका कार्यालय लाई सुझवा समेत पेश गर्ने निर्णय गरिएको व्यहोरा जानकारी का लागि अनुरोध गर्दछौ ।
साथै यस विषम परिस्थिती लाई गम्भिरता पुर्वक मननगरी कोभिड १९ को संक्रमण को जोखिम बाट सतर्कता अपनाउनका लागि आयोजना गरिने जस्तो सुकै कार्यका लागि पनि यस संघको तफबाट साथ सहयोग र समन्वय गर्न तयार रहेको व्यहोरा अवगत गराउन चाहन्छौ ।
गोकुल श्रेष्ठ
अध्यक्ष
दमक उद्योग बाणिज्य संघ, झापा
