२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा फेरी कोरोना संक्रमणले एक महिलाको मृत्यु भउको छ । शनिवार दमककी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जारी गरेको कोरोना अपडेटमा उल्लेख गरेको छ ।

ति महिला दमक ८ घर भइ हाल मोरंग बस्दै आएको जनाईएको छ । शनिवार विर्तामोड ४ मा कोरोना संक्रमित ४० बर्षिय एक महिला र ८५ बर्षिय एक पुरुषको पनि मृत्यु भएको छ ।

गएराती शिवसताक्षी ६ की २४ बर्षिया एक युवतीसहित झापाका कोरोना संक्रमित चार जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । यससंगै जिल्लामा संक्रमित मृतकको संख्या ६१ पुगेको छ ।

दमकमा आज शनिबार मात्रै थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिभिन्न ल्याबमा गरिएको पीसीआर परिक्षणमा ६ महिला सहित २१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।