२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमकमा कोभिड उपचार केन्द्रको उद्घाटन भएको छ । लामो समयदेखि उद्घाटनको तयारी रहेको केन्द्रको आइतवार दमक २ बेलडाँगीमा प्रदेश सभा सदस्य अर्जुन राईले उद्घाटन गरेकाहुन् । अब कोरोना पोजेटिभ भएका कम्तिमा पनि ३० जनासम्मलाई यहाँ सहज रुपमा राख्न सकिने जनाईएको छ ।

दमक अस्पतालको मातहत रहने गरी कोभिड उपचार केन्द्र शुरु भएको दमक नगरपालिका उपप्रमुख समेत रहेकी दमक अस्पताल सञ्चालक समिति अध्यक्ष गीता अधिकारीले बताएकीछन् । उनका अनुसार उक्त अस्पतालमा नै सोमबार विहान कोभिड जाँचको पनि ब्यवस्था मिलाईएको छ ।

दमकमा कोरोना संक्रमण रोकथाम तथा ब्यवस्थापनमा दमक नगरपालिका लागि परेको दमक नगर प्रमुख रोमनाथ ओलीले बताए । कोभिड उपचार केन्द्र सञ्चालनमा आएको र नगरपालिकाले यसलाई सुविधा सम्पन्न बनाउदै लैजाने पनि पनि ओलीले जनाए ।

केन्द्र उदघाटनमा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णरजा कोईराला लगायतको पनि उपस्थिति रहेको थियो ।

यस केन्द्रमा ५ वडा एचडियु सेवा पनि रहेको सो अवसरमा बताईएको थियो । स्वास्थ्यमा गम्भिर समस्या आउन खोजेका विरामीलाई उपचार यो वार्डमा राखेर गरिने छ ।