२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

बिष्णुप्रसाद पोखरेल

दमक/ महागुरु तथा राष्ट्रिय बिभूति फाल्गुनन्द लिङ्देनले समाज सुधारका लागि दिएको योगदानको सम्झना गर्दै आज समाज सधार दिवस मनाईदैछ । किरात धार्मिक इतिहासमा १९८८ बैशाख २४ गते एक महत्वपूर्ण दिनको रुपमा लिइने गरेको छ । यो दिन मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्दको विशेष पहलमा लोब्रे, पान्थर लिम्बुवानमा किरातीहरुको एक महा–चुम्लुङ(बृहत छलफल) आयोजना भएको थियो ।

चुम्लुङले धार्मिक, भाषिक, सांस्कृतिक रुपान्तरणका बँुदाहरु उल्लेख गर्दै ‘सात बुँदे सत्यधर्म मुचुल्का’ निर्माण गरेको थियो । विभिन्न थुमका सुब्बा, भक्तजन तथा सर्वसाधरणको सहभागितामा किरात समुदायमा प्रचलित तुम्याहाङ प्रणालीमा निर्मित मुचुल्काले सामाजमा व्यप्त सामाजिक विचलनहरुको सुधारको निम्ति रोडम्याप तय गरेको भएकाले यसको सम्झनामा प्रत्येक बर्ष समाज सुधार दिवस मनाइने गरेको छ ।

सत्यधर्म मुचुल्काले नारी अधिकार, मातृभाषामा शिक्षा, शाकाहारी जीवन पद्धति, मुन्धुम लिपिकरण र सांस्कृतिक एकीकरणमा जोड दिइएको र यो सबैका लागि अनुकरणि भएको धार्मिक गुरुका अनुयायीहरुले बताउदै आएकाछन् । मुचुल्काले तत्कालीन समाजमा व्यप्त नारी विभेद, आन्तरिक तथा बाह्य भाषिक तथा धार्मिक उपनिवेशिकरणको प्रतिवाद गर्दै समाजलाई समानता, मानवता, एकता, अहिंसाको मार्ग निर्देश गरेको पाईन्छध ।

फाल्गुनन्द दर्शनको व्यापकतासँगै सत्यधर्म मुचुल्को प्रभाव क्षेत्र पनि फराकिलो बन्दै गएको किरातका अगुवाहरु बताउछन् । विज्ञान प्रविधिको विकास र विश्वव्यापिकरणबाट सिर्जित समाजिक, सांस्कृतिक, धार्मिक र विचारधारात्मक परिवर्तनमा सत्यधर्म मुचुल्का र समाज सुधारको भावनालाई फरक दृष्टिकोणले विश्लेषण गर्न आवश्यक रहेको अविरलको भनाई छ । राज्यले समेत फाल्गुनन्दको योगदानको कदर गर्दै राष्ट्रिय बिभुति घोषणा गरेसंगै यसको महत्व पनि बढेर गएको छ ।

फाल्गुनन्द लिङदेनले बिक्रम सम्बत १९८८ बैशाख २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’का समाजका बरिष्ठ ब्याक्तित्वहरूलाई बोलाएर बिकृती बिरुद्ध औपचारिक रुपमा अभियान शुरु गर्नु भयो ।

पाँचथर जिल्लाको फिदिम नजीक लेब्रे कुटीमा हामी आफ्नो वास्तबिक धर्मबाट अञ्जान रहेको, जांड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी बिबाह भोज गरी आर्थिकरूपमा दलदलमा फसिएको आदित्यादीले हामी समाजबाट हर क्षेत्रमा माथी उठनै नसकिने गरि पछि परेको हुनाले अब उप्रान्त हामी सबैले यी सबै बिंसगती, बिकृती र कुरितीहरूबाट मुक्त हुने र आआफ्नो थुममा गई सबैलाई सम्झाउने, बुझाउने, मौलिक्ताको पहिचान गराउने, भनी दश बुंदे लिखित मुचुल्का जसलाई ‘सत्यहाङमा मुचुल्का’ पनि भनिन्छ ।

मुचुल्कामा भनिएको छ–आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुन हुदैन, मदिरा सेवनगरी असामाजिक क्रियाक्लाप गरी मति भ्रष्ट हुनु हुदैन, बिबाहमा आफ्नो आर्थिक गच्छे भन्दा अत्याधिक तडक भडकसँग खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्न हुन्न, समाजका जननी ‘युमा साम्माङ’ नै नारी भएका हुनाले समाजमा नारीलाई उच्चो स्थान दिनु वा सम्मान गर्नु पर्दछ । फाल्गुनन्दको जन्म बिक्रम सम्बत १९४२ को कार्तिक २५ गते आइतबारका दिन इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा भएको थियो ।